मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अमेरिकामा सेप्टेम्बर महिनामा मात्र ४४ लाखले काम छाडे

अमेरिकामा सेप्टेम्बर महिनामा मात्र ४४ लाखले काम छाडे

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकामा सेप्टेम्बर महिनामा रेकर्ड ४४ लाख कामदारले काम छाडेका छन् । व्यवसायीले कामदार अभाव झेलिरहेका वेला यस्तो तथ्यांक आएको थियो । विगत केही महिना यता देखिनै काम छाड्नेको संख्या उच्च छ । 
 
काम छाड्नेहरु कहां गए ? रोजगार बजारमा अवसर बढेपछि बढी पारिश्रमिक र राम्रो काम खोज्दै काम छाड्नेको संख्या उच्च रहेको तथ्यांकले देखाएको छ । 

 
अहिले अमेरिकामा व्यवसायीलाई कामदार पाउन कठिन भईरहेको छ । ट्रक ड्राइभर देखि ग्यांस स्टेशन, रेष्टुरेण्ट लगायत साना व्यवसायमा पनि कामदार अभाव छ । त्यस महिना १ करोड भन्दा वढी रोजगारका अवसर खुलेका थिए । त्यस मध्ये झण्डै ४० प्रतिशत अझै पुरा हुन सकेका छैनन । 

 
 
विशेष गरी स्वास्थ्य क्षेत्र र स्थानिय निकायमा कामदारको माग उच्च भएको वताईएको छ । 
 
अमेरिकामा अहिले ८० हजार ट्रक ड्राइभर आवश्यक रहेको वताईएको छ । 

 

एक बर्ष यता रेकर्ड नम्बरमा नयां कम्पनी खुलेकाले पनि कतिपय कामदार आफ्नै व्यवसायमा लागेको अनुमान गरिएको छ । कामवाट अवकास लिनेको संख्या पनि पहिले भन्दा उच्च छ । 

 
 कोभिड १९ ले ल्याएको अन्यौलता, बाल बच्चा लगायत परिवार हेर्नु पर्ने अवस्थाका कारण पनि कतिपयले रोजगार छाडेर बसेका छन् । राम्रो र बढी पारिश्रमिक आउने काम खोज्न गरिरहेको काम छाडेर वस्नेहरु पनि छन् ।
 
अभावले कामदारको पारिश्रमिक भने वढेको छ । तोकिएको न्यूनतम भन्दा बढी दिएर काममा राख्नुपर्ने अवस्थामा व्यवसायी छन् । 
 
कामदारको अभावले अमेरिकाको आर्थिक बृद्धि समेत सुस्त वनाएको छ ।