मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कुरा पैसा र लगानीको

कुरा पैसा र लगानीको

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केही बर्ष अघिको कुरा हो, बबैकर्स पृथ्वीबहादुर पाण्डेको नेपाल इन्भेष्टमेण्ट बैंक स्थित कार्यकक्षमा प्रसिद्ध नेपाली र विदेशी चित्रकारका कला देखेपछि मैले सोधें, तपाईसंग भएका चित्रकला (पेटिंग) विक्री गर्ने हो भने कति पैसा आउंछ ? 
 
उनले हांस्दै भने चित्रको मूल्य हुदैंन किन्नेले जतिमा किन्छ त्यही हो मूल्य । त्यहां मनोजबाबु मिश्रको सिगं भएको पेट्रेट पेन्टिगं पनि थियो उनले यो पैसा दिएर होइन अमेरिका जाने आउने टिकट दिएर प्राप्त गरेको सुनाए । 
 
डिजिटल करेन्सी (क्रिप्टो करेन्सी) भाउ पनि यस्तै पेन्टिगंको जस्तै हो । अहिलेसम्म लिनेले कति दिन चाहान्छ, त्यही कायम हुन्छ । एक दशक अघि शुरु ताका विट्क्वाइन भन्ने केहीले मात्र सुनेका थिए । मूल्य एउटा पिज्जा (जसको मूल्य १० डलर जति पर्छ ) जतिपनि थिएन । आज एउटा विट्क्वाइन किन्न ६० हजार अमेरिकी डलर भन्दा वढी तिर्नु पर्छ । 

क्रिप्टो करेन्सी जसलाई डिजिटल गोल्ड पनि भनिन्छ, यस सगै प्रश्न जोडिन्छ ? के क्रिप्टोमा लगानी गर्दा फाइदा हुन्छ ? धेरैको मनको यो प्रश्न छ । अहिले विट्क्वाइन मात्र होइन अनलाइनमा थुप्रै प्रकारका क्रिप्टो करेन्सी किन्न र विक्री गर्न पाइन्छ । एउटाको ६० हजार पर्ने देखि एक सय डलर तिर्दा लाखौंवाट क्रिप्टो किन्न सकिन्छ । 
 
केही साता अघि खोज पत्रकारिता केन्द्रले यस्तै क्रिप्टोवाट धनी भएका एक नेपालीको कथा सार्वजनिक गरेको थियो । सकरात्मक रुपमा होइन नकरात्मक रुपमा । शिर्षक थियो, किशोर राना, शंकास्पद कारोबार मार्फत अर्बका मालिक । उनी क्रिप्टोवाट धनी भएको उल्लेख गरिएको थियो । केही अनलाइनले किशोरलाई भिलेन वनाए । 
 
किशोर रानाको कथा आयो, गयो । तर, क्रिप्टोमा नेपाली समुदायको चासो भने ह्वात्तै पढेको छ । उल्टो त्यहां किशोर रानाको कथा पढ्ने क्रिप्टो लगानीमा झन प्रभावित हुन्छन् । 

अमेरिकामा नेपाली समुदाय विच हुने साना ठुला जमघटमा प्राय क्रिप्टो वा अमेरिकी शेयर बजारमा लगानी गर्ने कोही न कोही भटिन्छ । सस्ता अर्थात पेनी शेयरमा समेत नेपालीको आकर्षण वढ्दो छ । डग्च, एसएचआईबी जस्ता क्वाइनमा नेपालीको चासो वढेको छ । जव दुई जना लगानीकर्ता भेट्छन नाफा, नोक्सानकै कुरा हुन्छन् । 
 
एकजना नेपाली युवाले डग्च क्वाइनमा जोखिम लिई सस्तोमा किने । यसैवाट उनी करोडपति भए ।  एक पटक धेरै डलर आएपछि उनी काम छाडेर  घुमघाममा लागेका छन् । 
 
विट्क्वाइन केही बर्ष अघि नै नेपाल भित्रिएको थियो । मिन्ट गर्न थालिएको थियो । तर, राष्ट्र बैंकले रोक लगायो । गोर्खामा प्रहरीले मिन्ट गर्ने स्थानमा छापा मार्यो । अहिले पनि क्रिप्टो करेन्सी कारोवारलाई राष्ट्र बंैकले पुर्ण बन्देज लगाएको छ । तर, एल साल्भाडोर सरकारले भने विट्क्वाइनको कारोवारलाई पुर्ण रुपमा स्विकारेको छ । त्यहां सरकारी भुक्तानीकै रुपमा विट्क्वाइन उपयोग गर्न सकिन्छ । रेमिट्यान्स र लगानी बढाउन विट्क्वाइनलाई सरकारी मान्यता दिईएको हो । विट्क्वाइनका वारेमा नेपाल र एलसाल्भाडोरको वुझाई ठिक विपरित छ । तर, को सही अहिले यही बहस भईरहेको छ । 
 
राष्ट्र बैंकले क्रिप्टो कारोवारलाई पुर्ण वन्देज लगाएर हात बाधेर बस्नु हुदैंन । यसका फाइदा र बेफाइदाका विषयमा अध्ययन गर्नु पर्ने अहिलेको समयको माग हो । नेपालमा भारतीय रुपैंयाको मूल्य तोक्ने काम पहिले न्यूरोडमा त्यहांका साहु महाजनले गर्थे । नेपाल बैंक खुलेपछि यो काम सरकारले आफ्नो नियन्त्रणमा लियो । 
 
चीनमा कागजको आविष्कार भएको थियो । कागजी मुद्रा पनि चीनवाटै शुरु भयो । कागजी मुद्राको प्रचलन अघि धातुका मुद्रा थिए । धातुका मुद्रा भारी हुने भएकाले एक ठाउं वाट अर्को ठाउंमा लगेर लेनदेन गर्नु पर्दा अप्ठ्यारो थियो । धातुको मुद्रा निश्चित ठाउंमा सुरक्षित छ, है भन्ने उल्लेख गर्दै कागजी मुद्रा प्रचलनमा आयो । पछि यसलाई सरकारले नियन्त्रणमा लियो । यो प्रचलन सजिलो हुदैं गएपछि कागजी मुद्रा नै बढी प्रयोगमा आउन थाल्यो । 
 
अहिलेसम्म कागजी मुद्राकै बोलबाला छ । क्रिप्टो अर्थात डिजिटल करेन्सीले यस्तै नयां छ । यसको भविष्य कसरी जान्छ त्यो भने अनिश्चित छ । तर, क्रिप्टोले अहिलेसम्मको मुद्रा बजारलाई भने कंही न कंही प्रभावित पार्ने छ । 
 
 
मेरो यति पैसा गएपनि केही छैन, आए धनी भईन्छ भनेर क्रिप्टोमा लगानी गर्ने थुप्रै नेपाली छन् । यो दैनिक बढीरहेको छ । क्रिप्टोमा उच्च जोखिम छ । धेरैको सुझाव हुन्छ मन छ, भने शुन्य हुदां पनि फरक नपर्ने पैसा लगाउंने हो । अरुले कमाएको सुनेर देखेर भावावेश (इमोशनमा) आएर पैसा हाल्ने होइन । शेयर बजारमा पैसा लगाउंदा वा किनवेच गर्दा पनि यही इमोशन नियन्त्रण गर्न सक्नु पर्छ । 
 
 
बाजी थाप्ने, दाऊ हेर्ने मानिसको स्वभाव हुदों रहेछ । महाभारतमा युष्धिष्ठिरले राज्य, श्रीमती समेत बाजी थापे ।  हाम्रो हजुरबाका पालामा पहिले पहिले घोडा रेसमा बाजी थापिन्थ्यो । पैसा छ भने सुन किन्थे । अहिले क्रिकेट, फुटबल जस्ता खेलमा अरर्बौको बाजी राखिन्छ । 
 
शेयर बजार क्रिप्टोपनि यस्तै हो । पैसा हातमा भए पछि के गरौं गरौं भईहाल्दो रहेछ । 
 
नेपालमा शेयर बजारमा ब्यापक चासो वढेको छ । यो चापले शेयर बजारले मात्र थेग्न सक्दैन । विदेशमा वस्ने नेपालीको प्रभाव पनि परिहाल्छ । कुनै दिन नेपाली क्रिप्टोमा पनि पस्ने छन् । यो भन्नुका केही आधार छन् । नेपालमा एक दशक अघिनै कमोडेटिज बजारको नियमित कारोवार हुन थालेको थियो । विश्व बजारमा तेल, सुन जस्ता वस्नु किनवेचमा नेपालीले पैसा लगाउंथे । केहीले त मुद्रा बजारमा समेत पैसा लगाए । यस्तो कारोवार ख्यालख्याल मै नेपाल सम्म आईपुगेको थियो । 
 
बंैकर्स पाण्डेको अर्को एउटा घटना छ ।  उनको घरमा चोर पसेल दराज फोडेर त्यहां भएको नगद लिएर गएछ । त्यहां भित्तामा भएका चित्रकला त चोरले छुदैं छोएन ।  दराजमा २, ३ लाख नगद सगैं पुराना थोत्रा धडी पनि रहेछन् । तर, चोरले ति सवै घडी दराज बाहिर मिल्काएर गएछ । पाण्डे चित्रकला मात्र होइन पुराना धडीका पनि सौखिन संग्रहकर्ता हुन् । चोरको किस्सा सुनाउंदै उनले भने , चोर पस्यो नराम्रो हो तर, पैसा मात्र लिएर गएछ धडी त्यही छाडेछ, यसमा भने खुशी लाग्यो । चित्र, थोत्रा धडी पनि मूल्यवान थिए त्यो कुरा पाण्डेले वुझेका थिए चोरले वुझेको थिएन ।