मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

सन्दर्भ यमपञ्चक : तिहार अर्थात् भाइटीका र यसको पौराणिक महिमा

सन्दर्भ यमपञ्चक : तिहार अर्थात् भाइटीका र यसको पौराणिक महिमा


तिहार नेपालीहरुको दशैंपछिको दोश्रो ठूलो चाड हो । भारत एवम् अन्य हिन्दु मुलुकहरुमा यसलाई दीपावली भनेर भाइ दूजको रुपमा मनाइने गर्दछ। दीपावलीलाई यी मुलुकहरुमा सर्वाधिक महत्त्व दिएर मनाइने गरिन्छ । नेपाली समाजमा यो चाड दिदीबहिनीहरु र दाजुभाइहरुबीचको मायाममतालाई प्रतिबिम्बित गर्नेगरी बडो ममतामयी र हर्षोल्लाषित ढंगले मनाइन्छ। नेपाली दैनिक व्यावहारिक पात्रोअनुसार यो चाड हरेक वर्षको कार्तिक कृष्ण त्रयोदशी तिथिदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म यमपञ्चकको रुपमा मनाइने गर्दछ । तथापि कुनै वर्ष तिथिको घटबढले गर्दा चार दिनको समय पनि हुन सक्छ । मृत्युका देवता यमराज र उनकी सौतेनी नालकी बहिनीसँग यस चाडको पौराणिक प्रसङ्ग जोडिएको छ।

 
श्रीकृष्णको प्रभावबाट पवित्रताकी प्रतीक गङ्गास्वरुपिणी यमुनाले परापूर्वकालमा यमलोकका अधिपति यमाराजलाई आफ्ना घर आउन निम्तो पठाएकी र उक्त निम्तो पाएर यमराज आफ्नी बहिनी यमुनाका घर यस धरतीमा आइ पाँच दिनसम्म बसेछन् । यसरी उनी कार्तिक कृष्ण त्रयोदशीका दिन आएर कार्तिक शुक्ल द्वितीयाका दिनसम्म बैनीका घर बडो आनन्दका साथ बसेर अन्तिम अर्थात पाचौँ दिनका दिन आफ्नी बैनीका हातबाट सप्तरङ्गी टीका, सुपारे, मखमली फूलले सजिएको फूलमाला धारणगरी विभिन्न परिकारका मिष्ठानहरु र स्वादिष्ट भोजन गरेछन् । बैनीका घरको बसाइँ उनको निम्ति बिर्सिनसक्नु,नौलो र ज्यादै आनन्ददायी भएछ। बैनी यमुनासँग यमराज अतिप्रसन्न भएर उनलाई बर माग्न भनेछन्। यो सुनी यमुनाले हामी दाजुबहिनीको भेटघाट यसैगरी युगयुगान्तरसम्म भैरहन सकोस्, यस धरतीमा यी पाँच दिन कसैलाई पनि मर्न नपरोस्, सबै दिदीबहिनीहरु र दाजुभाइहरुबीचको मायाममता,आत्मीयता सदाको लागि अखण्ड रहिरहोस् भनेर आफ्ना दाजु यमराजसँग बर मागिछन्। यमराजले तथास्तु भनी त्यहाँबाट यमलोक गएछन् । भनिन्छ यस धरतीमा हिन्दु समाजमा यसै समयदेखि तिहार चाड यमपञ्चकको रुपमा मनाउन थालिँदै आएको हो । 
 
अर्को प्रसङ्ग दानश्रेष्ठ बलिराजा र उनकी दिदी जमुनासँग जोडिएको छ। धेरै समय पहिले बलिराजा युद्धबाट थकित भएर घर आएपछि गम्भीर बिरामी भएछन्। तिहारका दिन बिरामी भाइ बलिलाई टीका लगाइदिन भनेर जमुनाले सबैथोक तम्तयार गरेको अवस्थामा बलिराजालाई लिन भनी यमराज टुप्लुक्क त्यहाँ पुगेछन्। यमराजलाई देखेर जमुनाले  प्रणाम गरेर अनुनयविनय गरी यमराजलाई र आफ्ना भाइ बली दुवैलाई सप्तरङ्गी टीका, मखमली फूलको माला लगाइदिएर विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा खान दिइन्। जमुनाको स्वागतबाट यमराज अतिप्रसन्न भएर बलिलाई लिन पछि आउनेछु भन्दै त्यहाँबाट यमलोक गएछन्। पछि यमराज आएर बलिराजालाई चिरञ्जीवी हुने बरदान उनकी दिदी जमुनालाई सुनाएर गएछन् भन्ने किम्बदन्ती छ । यसकारण बलिराजाको प्रसङ्ग लिँदै दान दिने जति सबै बलिराजा जस्तै होऊन भन्ने शुभकामनका साथ देउसीभैलो खेलेर तिहारलाई रमाइलोसँग मनाइन्छ। यो चाडसँग अरु धेरै पौराणिक कथाहरु पनि जोडिएका छन् भन्ने हाम्रा विभिन्न पुराणहरुमा उल्लेख गरिएको छ । नेपाल सरकारले यमपञ्चकको तेश्रो, चौथो र पाँचौ गरी तीन दिन तिहारको लागि सार्वजनिक बिदा दिने चलन गर्दै आएको छ। नेपालमा तिहारलाई यमपञ्चकको रुपमा पाँच दिनसम्म यसरी मनाइने चलन छ-
 
पहिलो दिन : काग तिहार
 
कार्तिक कृष्ण त्रयोदशी यमपञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ। काग एक चतुर पक्षी हो। यसलाई यमराजको दूत (सम्वाददाता)भनेर चिनिन्छ। यसको कराइ र उडाइबाट शुभ र अशुभ अवस्थाको सङ्केत हुन्छ भन्ने भनाइ छ। यस पक्षीले सबैलाई समान व्यवहार गर्दछ। यसले धरतीमा लगाएका विभिन्न बालीहरुमा लाग्ने किरा(फट्याङ्ग्राहरु खाएर कृषकहरुको भलाइ गर्दछ। यमराज कहाँबाट मृत्युजस्तो डरलाग्दो र पीडादायी खबर बोकेर उड्ने पक्षी मानिने भएका कारणले गर्दाखेरी कागसँग प्रत्यक मानिस सजग र सचेत हुने गर्दछन्। यसले कुनै त्यस्तो अशुभ सन्देश नल्याओस्, हामीहरुबाट यो पक्षी सदा प्रसन्न रहिरहोस् भन्नाका लागि कागलाई यस दिन घरमा पाकेको राम्रो र उसले मन पराउने खानेकुरा टपरी या ठूलो पातमा राखी घरको छाना, पेटी या कागले निडर भएर खानसक्ने ठाउँमा राखिदिएर हे पक्षीराज१ तिमी हामीदेखि खुशी होऊ, हामीले तिमीबाट कुनै नराम्रो सन्देश सुन्न नपरोस् भन्दै सम्मान गर्ने हिन्दु परम्परा छ। यस दिन आयुर्वेदाचार्य धनवन्तरीको जन्मदिन पनि हो। यसै दिनमा देवताहरुका बैद्य धनवन्तरी समुद्र मन्थनबाट हातमा अंरितको घडा लिएर यस धरतीमा प्रकट भएका थिए।
 
दोस्रो दिन :कुकुर तिहार
 
कार्तिक कृष्ण चतुर्दशी यमपञ्चकको दोश्रो दिन कुकुरको पूजा गरिन्छ। यसै दिन द्वापरयुगमा श्रीकृष्ण र उनकी पत्नी सत्यभामाले धरतीमाताको  पुत्र दुष्ट नरकासुरको बध गरेर लोकको कल्याण गरेको दिनको रुपमा नरक चतुर्दशी भनेर हिन्दु समाजमा बिहान सबेरै उठी स्नानादि गरेर हर्षोल्लाषका साथ खुशीयाली मनाउने चलन छ। कुकुर एक घरपाल्तु जनावर मात्र नभै एक स्वामीभक्त र पहरेदार जनावर पनि हो।कुकुर भुकेको आवाजबाट भूत(प्रेतादि भाग्छन् र बन्य जन्तुहरुबाट कुनै भय हुंदैन भन्ने विस्वास छ। कुकुरले खेतीपाती र जन्तुजनावरको पनि पहरा गर्दछ। कुकुरलाई धर्मराजको प्रारुपपनि मानिन्छ। कुकुरले आफ्नो नाकले सुंघेर शत्रु(मित्रु,सज्जन(दुर्जन,आफ्नो(अर्काको,अपराधी(निरपराधी,दोषी(निर्दोषी,छुट्ट्याऊन सक्ने भएको हुनाले अपराध अनुसन्धानका लागि राज्यले बिभिन्न तालिम दिएर यस जन्तुलाई लालन(पालन गरी राखेको हुन्छ। मानिसहरुले यसलाई बडो मायागरी पाल्ने गर्दछन्।यसकारणले गर्दाखेरी कुकुरलाई यो दिन यसका गलामा रङ्गी(चङ्गी  फूलको माला र निधारमा टीका लगाइदिइ मीठो(मीठो खानेकुरा खानदिएर खुशीपार्ने नेपाली समाजमा अतीतदेखिको परम्परा छ।
 
तेश्रो दिन : गाई तिहार
 
कार्तिक कृष्ण आमाबस्यका  दिन बिहान गाईलाई पूजेर गाई तिहार मनाईन्छ। यस दिन गाईको विधिवत पूजागरी गाईका चारै खुट्टाको जल खाइन्छ,गाईको गलामा माला,निधारमा टीका लगाइदिएर रोटी र राम्रो खानेकुरा खुवाइन्छ। हिन्दु समाजमा धार्मिक,समाजिक,शुभ,अशुभ जुनसुकै कर्म, कार्यहरु गर्नुपर्दा गाइको दूध,गोबर र गहुंत०नभै हुँदैन। गाईको गोबरले लिपेको भुईं पबित्र हुन्छ,गाईको गहुंत छर्किदिएपछि अपवित्र पनि पवित्र हुन्छ, अर्थात गाईको दूध,गोबर र गहुँत हिन्दुहरुका लागि अति आवश्यकीय र महत्त्वपूर्णका बस्तुहरु मानिन्छन्। हिन्दुहरुले गाईलाई महालक्ष्मीमाता र धरतीमातास्वरुपिणी स्वरुप सम्मान गर्ने गर्दछन्।गाईको शरीरमा सम्पूर्ण देवी(देवताहरुले बास गरेका हुन्छन्, गाई एकको पूजा गर्दा सबै देवी(देवताहरुको पूजा एकैसाथ हुन्छ भन्ने हिन्दु समाजमा जनविश्वास छ। यसकारण हिन्दुहरुले गौहत्यालाई सामाजिक अपराध मान्दछन्। गाईको मल(मूत्र खेतीपातीका लागि सर्वश्रेष्ठ प्राङ्गारिक मल मानिन्छ। यो दिन तिवारे औंसीको दिन भएको हुनाले रोकिएका श्राद्धहरु यस दिन गरेर पित्रिकर्म पूरा गरिन्छ
 
कार्तिक कृष्ण आमावश्यका दिनको रातलाई वर्षभरिको सबैभन्दा अध्यारो रात अर्थात कालो रात भनेर चिनिन्छ। त्रेतायुगमा यस दिन १४ वर्षको वनबासपछि राम लङ्काबाट अयोध्या फर्केका र उनको स्वागतार्थ अयोध्यामा दीपावली गरिएको, विष्णु भगवानले आफ्नो वामन अवतारमा बलीराजालाई पाउले थिचेर पाताललोक पठाएका,बिक्रमादि नाम गरेका राजाले बिक्रम सम्बतको घोषणा गरेका,समुन्द्र मन्थनबाट महालक्ष्मी प्रकट भएकी, व्यापारीहरुले नाफा-नोक्सानको टुंगो लगाएर आफ्नो खाता बदल्ने,आदि जस्ता पौराणिक गाथाहरु यो दिनसंग जोडिएका छन्। यस दिनको बिहान गाईको पूजा गरेर बेलुका धनकी मालिक्नी महालक्ष्मी र ज्ञान-बुद्धिका मालिक गणेशको प्रत्येक हिन्दुहरुका घर-घरमा बिधिपूर्बक पूजा-अर्चना गरी घरको झ्याल-ढोका,बार्दली,पींडि,पेटी,आदिमा तेलका धारा लगाएर जताततै बत्ती बाली झलमल बनाइन्छ। बलीराजाको सम्झना गर्दै देउसी-भैलो खेलेर नाच-गान गरी रातभरी रमाइलो गर्ने गरिन्छ। धन र बैभवकी मालिक्नी लक्ष्मीमाता यस रात धरतीमा घुम्दैफिर्दै आऊंछिन भन्ने बिस्वासका आधारमा प्रत्येकले आ(आफ्ना घर भित्र,बाहिर वरिपरी उज्यालो एबम प्रकाशमय बनाउने चलन छ। 
 
(१)साम्सारिक लक्ष्मीलाई…लक्ष्मी (२) राजाको जायजेथा सम्बन्धिकी लक्ष्मीलाई…राज्यलक्ष्मी (३) देबराज इन्द्रको राज्यकी लक्ष्मीलाई…इन्द्रराज्यलक्ष्मी (४) बिष्णुप्रिया लक्ष्मीलाई…महालक्ष्मी भनेर यसरी लक्ष्मीका स्वरुपलाई बिभाजन गरिएको भएतापनि लक्ष्मी पूजाका दिन धरतीमा अबतरण गर्दै हिड्ने लक्ष्मी महालक्ष्मी नै हुन भन्ने कुरा हिन्दु धर्मग्रन्थहरुमा उल्लेख छ।यो दिन नेपालका महाकबी लक्ष्मी प्रसाद देबकोटाको जन्मदिन पनि हो।
 
चौंथो दिन : गोवर्धन पूजा
 
कार्तिक शुक्ल प्रतिपदा यमपञ्चकको चौंथो दिन मनाइने चाडलाई गोवर्धन पूजा भनेर भनिन्छ। जमिन जोतेर खेती गर्नका लागि ठूलो भूमिका निभाउने घरपाल्तु जनावर गोरुको यस दिन पूजा गरी उसलाई बडो सम्मानका साथ खुशी पार्ने काम गरिन्छ । यस दिन गोरुको निधारमा टीका, गलामा फूलमाला पहिराएर राम्रो खानेकुरा खुवाइन्छ । साथसाथै गोठमा भएका भैंसी, राँगा आदिको पनि पूजा गरेर टीका, फूलमाला लगाइदिइ उत्तम खाना खुवाइ खुशी पार्ने गरिन्छ।
 
भगवान श्रीकृष्ण र देबराज इन्द्रसँग यसै दिन जोडिएको एक पौराणिक प्रसङ्ग पनि छ। द्वापरयुगमा गोकुल बासीहरुले देवराज इन्द्रको पूजा गर्दारहेछन् । तर, इन्द्रबाट उनीहरुले केही पनि पाउँदा रहेनछन्। श्रीकृष्णको उदय भएपछि यिनले इन्द्रको पूजा गर्ने चलन बन्द गराएर त्यसको सट्टामा प्राकृतिक सम्पदाले भरिभराउ भएको गोवर्धन पर्वतको पूजा गर्नुपर्छ भनेर गोकुलवासीहरु सबैलाई गोवर्धन पर्वतको पूजा गर्न लगाएछन्। यो कुराको पत्तो पाएपछि स्वर्गका राजा इन्द्रले रिसाएर गोकुलमा अत्यधिक असिना पानीको वर्षा गराएछ्न् जसको कारणले गर्दाखेरी गोकुलवासीहरुमा त्राहीत्राही हुन थालेछ । यो देखेर श्रीकृष्णले गोवर्धन पर्वतलाई जुरक्कै उठाएर त्यहाँका मानिसहरु र जन्तु जनावर सबैलाई त्यस प्राणघातक आँधिबेरीबाट बचाएछन्। पछि देवराज इन्द्रले कृष्णसंग आएर आफ्नो गल्ती स्वीकार गरी क्षमा मागेछन् र श्रीकृष्णले पनि इन्द्रलाई क्षमादान दिएछन्। त्यसै समयदेखि गोकुलवासीहरु सबैले देवराज इन्द्रको पूजा गर्न छाडेर गोवर्धन पर्वतको पूजा गर्ने परम्पराको थालनी गरे। यसै परम्पराको स्वरुप सबै हिन्दुहरुले यस दिन आआफ्ना गोठमा गाईगोरुको गोबरको कुन्न बनाएर त्यसमा फूलहरु सजाई गोठको रक्षार्थ पूजागर्ने गर्दछन् र गोठमा भएका अरु सबै पशुहरुलाई पनि टीका, माला लगाइदिएर खुशी पार्ने चलन चल्दै आएको छ। यस समयमा प्रत्येक हिन्दुहरुले घरघरमा देउसीभैलो खेलेर रमाइलोगरी बलिराजाको सम्झना गर्ने चलन छ । विष्णु भगवानले बलिराजाको ढोकामा ४ महिनासम्म चौकीदारको रुपमा पहरागर्ने कुरा हाम्रा शास्त्रहरुमा बताइएको छ।
 
पाचौँ दिन : भाइटीका 
 
यमपञ्चकको पाचौँ तथा अन्तिम दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइहरुलाई टीका लगाइदिएर भाइटीका तिहार मनाइन्छ। यसदिन बिहान सबेरै उठेर सबैले स्नानादि गरी शुद्ध,पवित्र र सफा हुनेकाम गरिन्छ। यो समय कार्तिक मास भएको हुनाले तुलसीको मठलाई फूल, माला आदिले सिंगारेर झलमल पारिएको हुन्छ। तिहारका दिन सर्वप्रथम शुभ साइतमा तुलसीको मठमा घरको मूल ढोकामा, घरभित्रको मूल खम्बामा, मूल झ्यालमा सप्तरङ्गी टीका लगाइन्छ। अनि त्यसपछि मात्र दाजुभाइहरु पट्टिको टीका कार्य प्रारम्भ गरिन्छ। टीका स्थलमा गाईको गोबरले लिपपोतगरी पवित्र पारिन्छ।  त्यसपछि त्यहाँ गुन्द्री, काम्लो, गलैँचा आदि ओछ्याएर त्यस ठाउँमा दाजुभाइहरुलाई आसनग्रहण गराइन्छ। यस दिन टीका थाप्ने दाजुभाइहरु पूर्वपट्टि फर्कने र टीका लगाइदिने दिदीबहिनीहरु पश्चिमपट्टि मोहडा गर्ने गरिन्छ। अनि त्यहाँ स्थापित दियो, कलश, गणेश आदिको पूजन गरी दाजुभाइहरुलाई अङ्खारा (करुवाबाट पानीको धारा खसाल्दै सातफन्का परिक्रमा गरिन्छ । अनि पछि कानमा,कपालमा दूबोद्वारा तेल घसिदिएर निधारमा सप्तरङ्गी टीका लगाइदियी गलामा सुपारे र मखमली फूलले सजिएको फूलमाला र शिरमा नेपाली ढाकाको टोपी लगाइदिइन्छ। त्यसपछि शुभ कामना गर्दै उनीहरुलाई रोटी, अचार, चट्नी, ओखर, कटुस एवं अन्य विभिन्न मीठामीठा खानेकुराहरु र विभिन्न बस्त्रादि उपहार स्वरुप दिने गरिन्छ। 
 
दाजुभाइहरुबाट पनि आफ्ना दिदीबहिनीहरुलाई यस्तै गरी टीका लगाइदिएर उचित दक्षिणा दिइ आयु, आरोग्य, ऐस्वर्यको कामना गर्दै प्रणाम गर्ने गरिन्छ। यो समयमा धरतीमा लगाइएको धान, कोदोको बाला झुलिरहेको हुन्छ, हिलो९धुलो कतै पनि हुँदैन वाताबरणीय अवस्था अति रम्य र जताततै सुन्दर हुन्छ।
 
यसरी उपरोक्त ढंगले तीहारलाई यमपञ्चकको रुपमा मनाउने परम्परा नेपाल र नेपाली रहेका बिस्वका अन्य बिभिन्न मुलुकहरुमा पनि छ। भारत,पाकिस्तान तथा अन्य हिन्दु मुलुकहरुमा यो पर्ब अलि  फरक तरीकाले मनाउने गरिन्छ। यमुनाले आफ्ना सबोदर दाजु शनिश्चरलाई नबोलाई सौतेनी नालका दाजु यमराजलाई यस धरतीमा बोलाएर पांच दिनसम्म आफूसँग स९सम्मान राखी उनलाई खुशी तुल्याएर यहांका सबै दाजुभाइ, दिदीबहिनीबीचको माया-प्रेम पांच दिनका लागि मात्र भए पनि कालमुक्त बनाएकी हुनाले यो तिहारलाई त्यसै समयदेखि यमपञ्चकको रुपमा मनाउने गरिँदै आएको हो भन्ने जनस्रुति छ। अतः यस पावन पर्व तिहारका दिन दिदीबहिनीहरु र दाजुभाइहरुबीचको माया,ममता,प्रेम र घनिष्टताको बन्धन कहिल्यै टूट्न नपाओस्, युगयुगान्तरसम्म यस परम्परालाई हाम्रो समाजमा निरन्तरता दियिंदै गरोस्, विश्वमा छिरलिएर रहेका सबै नेपाली बन्धुबान्धवहरुमा दीपावली (तिहार) को यही शुभकामना एवं शुभेच्छा अर्पण गर्न चाहन्छु।