मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाका छ लाख घरमा विद्युत सेवा अवरुद्ध

अमेरिकाका छ लाख घरमा विद्युत सेवा अवरुद्ध


न्युयोर्क । अमेरिकाका छ लाखभन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो । 
 
आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्‍याएकाले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
 
उनीहरुका अनुसार सबैभन्दा धेरै म्यासेचुसेट्स राज्यका मात्रै चार लाख ६६ हजारभन्दा बढी घरमा अन्धकार छाएको छ । राष्ट्रिय मौसम सेवाले मौसम अझै खतरापूर्ण रहेको चेतावनी दिएको छ । मौसम विभागका अधिकारीहरुले थप सतर्कता अपनाउन सरोकारवाला सबैलाई अनुरोध गरेको छ । 
 
उनीहरुले घर बाहिर ननिस्कन, यात्रा नगर्न, सुरक्षित अवस्थामा रहन र सुरक्षाका सवै उपाय अपनाउन पनि सबैलाई अपिल गरेका छन् । एजेन्सी