मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए एनसीसी भेला

एनआरएनए एनसीसी भेला

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) विश्व भेला विदेशमा वस्ने नेपालीको मुद्दामा भन्दा गलत बाटो लिई समाप्त भएको छ । 
 
एनआरएनएमा भद्रगोल अवस्था रहेको बेला यस्तो भेला भएको थियो । तर, भेलामा विदेशमा बस्ने नेपालीका मुद्दाका विषयमा छलफल गर्ने भन्दा पनि आउने चुनाव र अहिले भईरहेको विवादस्पद बहसमा केन्द्रित भई सकियो । यसले निकालेका विभिन्न २४ निष्कर्षले पनि विदेशमा वस्ने नेपालीको मुद्दालाई छुदैंनन् । 
 
आइतवार दिनभरी भएको भेलामा करिव ४० देशका एनसीसी अध्यक्ष सहभागी रहेको वताईएको छ । यस्तै ५० भन्दा वढी देशका एनसीसीका प्रतिनिधि भेलामा सहभागी थिए । 
 
एनसीसी एनआरएनएका मुख्य आधार स्तम्भ हुन । एनसीसीहरु विच एक आपसमा छलफल गर्नु सकरात्मक भएपनि भेलाले सकरात्मक सन्देश दिन भने असक्षम रह्यो । विश्व सम्मेलन स्थगन भएको बेला यो भेलाले आफ्नो औचित्य पुष्टि गर्न सकेन । 
 
एनसीसीहरुले नेपालका बाढी पिडितलाई सहगोग गर्ने देखि, डेलिगेट छान्ने अधिकार वर्तमान कार्यसमितिलाई दिनु पर्ने, परराष्ट्र मन्त्रालयको सुझाव मान्नु पर्ने, आफुले दिएका सुझाव पुरा नगरे फेरी अर्को भेला गर्ने जस्ता २४ निष्कर्ष निकालेको छ । भेलाले संरक्षण परिषदलाई सकृय हुनु पर्ने सम्मको सुझाव दिएको छ । यो अहिलेको समस्याको समाधान भने होइन । 
 
यी सवै विवादस्पद बुंदा हुन् । यी विवादका विषयमा सवैलाई मान्ने गरी कसरी हल निष्कन्छ भन्ने सुझाव निष्कर्षमा छैन । छलफल कुनै गुटको भेला जस्तो गरी सकिएको छ । भेलामा बोल्न दिएका कतिपय सल्लाकार र व्यक्तिहरु नै समस्याका जड थिए । 
 
अहिलेको समस्यालाई कसरी सम्वोधन गर्न सकिन्छ भन्ने विषयमा यसै साता परराष्ट्र मन्त्रालय र एनआरएनएका पदाधिकारी विच वार्ता भएको वताईएको छ । 
 
एनआरएनए अहिले ८० भन्दा वढी देशमा फैलिएको छ । तर, यसको सदश्य संख्याले विदेशमा वस्ने सवै नेपालीलाई प्रतिनिधित्व गर्दैन । एनआरएनएमा अहिले १ लाख ५ हजार सदश्य छन् । अमेरिकामा ३ लाख भन्दा वढी नेपाली समुदायको बसोवास छ । तर, सदश्य संख्या करिव २० हजार मात्र छ । तर, विदेशमा वस्ने नेपालीको संख्या भने ५० लाख भन्दा वढी छ । एनआरएनएले विदेशमा वस्ने नेपालीको पक्षमा लविगं गर्न गठन भएको भएपनि विभिन्न विवादका कारण यसले विदेशमा वस्ने नेपाली समुदायको विश्वास गुमाउंदै गएको छ ।