मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा टीकाको साइत

अमेरिकामा टीकाको साइत

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) ।  बडादशैँको टीकाको लागि अमेरिकामा तीनवटा समय शुभ साइतका रुपमा देखिएका छन् ।

नेपाली मन्दिरमा पुजारीहरु

नेपाली मन्दिरमा पुजारीहरु
 
टेक्ससको अर्भिंग स्थित नेपाली मन्दिरमा पुजारी डा.शेखर पण्डितका अनुसार बिहान ८:१५ बजे, ९:३७ र दिउँसो २:३० बजे शुभ साईत हुन् । दशैँको टीका जुनसुकै समयमा ग्रहण गर्न सकिने भएपनि यी साइतहरु सबैभन्दा उपयुक्त हुन् । 
 
विगतका वर्षहरुमा द्विविधा हुँदै आएकोमा यसपटक भने कुनै द्विविधा देखिएको छैन ।

टेक्ससको अर्भिंग स्थित नेपाली मन्दिर

आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायू प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ ।