मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

दशैं मनाउन जाने यता पनि उता पनि

दशैं मनाउन जाने यता पनि उता पनि

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमालयखवर संवाददाता
अमेरिका । सायद सबैभन्दा बढी नेपालीले दशैंकै बेला यात्रा गर्छन । धेरैलाई याद आईरहन्छ दशैमा शहरवाट गाउँ गएको । दशैंमा शहरवाट गाउँ जानेको लस्करनै लाग्छ ।

अहिले प्रवृत्ति अलि फेरिएको छ । अवसरका लागि विदेश जाने नेपालीका कारण अब बस मात्र होइन जहाजवाट ओहोरदोहोर गर्ने नेपाली बढेका छन् ।

अमेरिकाबाट नेपाल यात्रा गर्ने नेपालीको संख्या दशैंका समयमा ह्वात्तै बढेको छ । कोभिडका कारण लामो समय देखि नेपाल यात्रा सार्दै बसेका नेपालीहरू दशैंकै मौकामा नेपाल गएका छन् । यसले गर्दा अमेरिकाका ठुला एयरपोर्टमा जहाज चढ्न लागेका नेपालीहरू प्रशस्त भेटिन्छन् ।

यही कारण केही दिन यता हवाई जहाजको टिकटको मूल्य पनि ह्वात्तै वढ्को छ । अमेरिकाबाट दशैं मनाउन नेपाल जाने मात्र छैनन् । नेपालवाट दशैं मनाउन अमेरिका आउने पनि छन् ।

अहिले नेपालका झण्डै एक दर्जन पुर्व उच्च प्रशासक अमेरिकामा दशैं मान्दै छन् । दुई जना पुर्व मुख्य सचिव सहित, ६ जना पुर्व सचिव र सरकारका अन्य उच्च तहका पुर्व प्रशासक अमेरिकामा छन् । परिवारसंग दशैं मनाउन उनीहरू अमेरिका आएका हुन । पुर्व सचिव मात्र होइन बैकर्स, सेना र प्रहरीका पुर्व अधिकारीहरू समेत अमेरिकामा छन् ।

यससंगै कयौं नेपालीका आमा वा पनि परिवारसँग अमेरिकामा दशैं मनाउँदै छन् ।

पहिला पढ्न, जागिर र अवसरका लागि नेपालका पहाडी भेगका गाउँबाट काठमाडौं आउने गरिन्थ्यो । यसरी काठमाडौं बस्नेहरू जव दशैं आउँथ्यो परिवारसँगै दशैं मनाउन , रमाइलो गर्न गाउँ फर्किन्थे । जसका बाबु बाजे काठमाडौ आए उनीहरूका छोरा छोरीले विदेशको वाटो समाए ।

आमा भन्नुहुन्थ्यो तिमीहरू सानो छँदा काठमाडौ गयौं । म पोको पारेर तिमीहरूलाई समान पठाउँथे । अहिले अमेरिका पुग्यौं म काठमाडौमा छु फेरी पोको पार्दै छु । यो पोको पार्ने काम कहिले नसकिने भयो ।

दशैंमा काठमाडौवाट मात्र करिव १० लाख बाहिर गएको तथ्यांक आएको थियो । काठमाडौबाट होइन अन्य शहरवाट पनि गाउँ फर्किने गरिन्छ ।

गाउँमा धान र कोदोको बाला लागेको छ । यसको वासना आफ्नै हुन्छ । झाडी फाँडेर बनाइएको बाटो, गल्ली । न गर्मी न जाडो, सफा पानी बग्ने खोला, खोल्सा, रूखमै पाकेका अम्बा, यसपछी सुन्तला, निउवा, कागती, भोगटे बोटवाटै टिपेर खाँदाको स्वाद नै अर्कै ।

जो दशैं मनाउन अमेरिकावाट नेपाल गए उनीहरू रमाएका छन् । अमेरिकामै हुनेहरूले पनि दशैं मान्न छाड्ने कुरा भएन । अमेरिकाका शहरवाट अलि पर हुने फार्ममा खसी किन्न जाने नेपाली वढेका छन् । त्यो फार्म संचालकलाई पनि थाहा भईसक्यो दशैंका वेला खसी बढी विक्छ भन्ने । खसी फार्मले पनि केही मूल्य वढाएको छ ।

कयौंले दशै भन्दै कामवाट विदा लिएका छन् । तिमीहरूको क्रिसमसमा काम गर्छु अहिले बिदा देउ भन्दा फरकपनि परेन । परदेशको दशैं हो घरमा नेपाली जम्मा भयो खायो पियो, टिका लगायो । बढ्दा यतिनै । व्यवहारिक दशैं हुन्छ यहाँ । ऋण लाग्ने खालको दशैं परदेशमा हुदैंन ।

दशैंको टिका कतिवेला लगाउने ? यो भने सजिलो छैन । पात्रोले के भन्छ भन्दा पनि नेपालमा परिवारले टिका लगाएपछि यहाँ टिका लगाइन्छ । धेरैलाई यही सहज भएको छ । शुक्रवार विहान नेपालमा टिकाको साइत छ । यहाँ शुक्रवार साँझ हुन्छ । साँझमा के टिका लगाउने धेरैले भोलिपल्ट टिका लगाउँछन् । त्यसै पनि नेपालका धेरै ठाउँमा पुर्णिमा सम्म टिका लगाउने वा लगाउँदा हुन्छ भन्ने गरिन्छ । यो पनि व्यवहारिकता हो । पात्रो वुझेकाहरूको आफ्नै तर्क छ । गत बर्ष टेक्सासमा यसबारेमा केही विवादनै भयो । तर, धेरैले नेपालमा लगाएपछि नै व्यवहारिकता हेरेर टिका लगाए ।