मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

परराष्ट्र पत्र विवाद

परराष्ट्र पत्र विवाद

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – परराष्ट्र मन्त्रालयको पत्रले एनआरएनए एनसीसी अमेरिकामा नेतृत्वका लागि पुन चुनाव गर्नु पर्छ भन्ने कुरामा कुनै आधार नभएको वताईएको छ । 
परराष्ट्रको पत्रमा चुनाव प्रभावित पार्ने उद्देश्यले सदश्य थपेर जुलाई महिना पछि भएका दुई देशको चुनाव पुन गर्नु पर्ने हाम्रो माग थियो परराष्ट्रमा उजुरीकर्ता मध्ये एक वेद खरेलले भने यस अनुसार नै निर्णय आएको छ । जुलाईमा चुनाव गर्नु पर्छ भनेको यस अघि भएको चुनाव रद्द हुन्छ भन्ने होइन उनले भने । 

अमेरिकामा मे अन्तिम महिनामा चुनाव भएको थियो । अमेरिकामा जुलाई अघिनै चुनाव भएको हो, खरेलले भने यहां किन चुनाव हुने, जुन ठाउंमा घाउ भएको हो त्यही उपचार गर्ने हो नाकको उपचार नाइटोमा गरिदैंन । 

उजुरीकर्ताका रुपमा परराष्ट्रको जवाफ आफुलाई इमेल मार्फत पत्र प्राप्त भएको वताउंदै खरेलले भने यसले एनआरएनए संस्थालाई सुधारमा सहयोग गर्छ, यदी छलफल गरेर जाने हो भने संस्थामा कुनै समस्या आउंदैन ।

 एनआरएनए आईसीसीमा चुनावमा मत हाल्न पाउने डेलिगेट कसरी छान्ने भन्ने विषयमा विश्वका विभिन्न देशमा विवाद थियो । यस्तै जापान र जमर्नीमा त्यहां पढ्ने नेपाली विद्यार्थीलाई सदश्य वनाएको हुदां त्यहांको चुनाव रद्द गर्नु पर्ने उजुरीमा माग गरिएको थियो । नेपाल सरकारले पहिले देखिनै विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई एनआरएनए को सदश्य नवनाउन कडा रुपमा निर्देशन दिदैं आएको थियो । 

एनआरएनएले यसै महिना हुने भनिएको आउने कार्यकालका लागि आईसीसी चुनावका लागि ६५ प्रतिशत डेलिगेट पुराना कार्यसमितिले र बांकी २५ प्रतिशत नयां कार्यसमितिले प्रकृया पुर्याएर छान्न भनेको थियो । यसै प्रावधानमा विवाद भएको थियो । 

परराष्ट्रले निर्देशन मार्फत डेलिगेट पुरानो अर्थात निर्वतमान कमिटीले छान्ने भन्ने आईसीसीको प्रावधान विधानमा उल्लेख नभएको हुदां आधिकारिक वर्तमान कार्यसमितिले छान्न सक्ने भनिएको छ । आईसीसीले विद्यानमै व्यवस्था नभएको प्रावधान चुनावलाई प्रभावित गर्ने उद्देश्यले नियम वनाएर लागु गर्न खोजेको आरोप छ । त्यही भएर पुरानो कार्यसमितिले होइन नयांले ६५ प्रतिशत डेलिगेट छान्नु पर्ने हामीले माग गरेका थियौं खरेलले भने । 

यो विवाद एनआरएनए संस्था भित्रै समाधानको पहल नगरी किन परराष्ट्रमा उजुरी  गर्नु पर्यो ? खरेल भन्छन्, हामीले आईसीसीमा गलत भएको छ सुधार गर्नु पर्छ भनेर उजुरी गरेको हो । त्यहां सुनुवाई भएन । केही क्षेत्रिय संयोजक, ११ जना आईसीसी सदश्यले पनि विद्यान अनुसार गर्न आईसीसीमा निवेदन दियौं यसको पनि केही सुनुवाई भएन वाध्य भएर जहां एनआरएनए दर्ता भएको हो त्यही उजुरी गरेका हौं ।

एनआरएनए आईसीसीले हाम्रो माग सुनुवाई गरेन सवै ढोका वन्द गरेको खरेलले आरोप लगाए । 

परराष्ट्रको चिठी एनआरएनए भित्र शुद्धिकरण र संस्थागत सुधारका लागि सकरात्मक रहेको खरेलले वताए । यदी एनआरएनए संस्थापक, अभियन्ता, जिम्मेवार केन्द्रिय पदाधिकारी लगायत सवै वसेर सरसल्लाह गरेर जाने हो भने समस्या आउंदैन, समाधान निस्किहाल्छ यो कुनै जटिल छैन  खरेलले भने यसले एनआरएनए संस्थालाई अझ मजबुत वनाउंछ ।

तर, अहिले आईसीसीका केही जिम्मेवार पदाधिकारीले भने परराष्ट्रको निर्देशन नमानी जाने प्रतिकृया दिएका छन् । यसले मुठभेड ल्याउंछ खरेलले भने मलाई लाग्छ जिम्मेवार पदाधिकारीहरु मुठभेड  तिर जानुहुदैंन होला । 

आईसीसी कार्यसमितिले पेलेर जान खोजे यसको प्रतिकार गर्न ५२ देशका एनसीसीको भेला गर्ने वारेमा पनि चर्चा भईरहेको छ । यदी यो अवस्था आए एनआरएनए गम्भिर विवादमा जाने छ । अहिले सम्म आईसीसी कार्यसमितिले परराष्ट्रको जवाफको वारेमा कुनै निर्णय गरेको छैन ।