मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभले जिते यस वर्षको शान्ति पुरस्कार

पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभले जिते यस वर्षको शान्ति पुरस्कार


स्लो । यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार दिमित्री मुराटोभलाई प्रदान गरिएको छ। अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गरेको योगदानलाई कदर गर्दै उक्त पुरस्कार पत्रकारद्वयलाई प्रदान गरिएको हो ।
 
नर्वेको नोबेल समितिका अध्यक्ष बेरिट रीस-एन्डरसनले भने,‘यो अभिव्यक्ति स्वतन्त्रताको रक्षा को लागि उनीहरूले गरेको प्रयासको सम्मान हो जो लोकतन्त्र र स्थायी शान्तिको लागि एक अनिवार्य शर्त हो।’
 
अध्यक्ष बेरिटले भने, ‘उनीहरू सबै पत्रकारहरूका प्रतिनिधि हुन् जो यस आदर्शको पक्षमा उभिएर संसारमा लोकतन्त्र र प्रेस स्वतन्त्रता बढ्दो प्रतिकूल परिस्थितिको सामना गरेका छन् ।’
 
सन् २०१२ मा रेस्साले खोज पत्रकारिताका निम्ति र्याप्लर नामक डिजिटल मिडिया खोलेकी थिइन् जसको प्रमुखको रूपमा हालसम्म उनी कार्यरत छिन् । उक्त मिडिया दुतेर्ते शासनको विवादास्पद, हत्यारा र लागूऔषधविरोधी अभियानमा आलोचनात्मक रूपले सबैको ध्यान केन्द्रित गर्न सफल भएको छ। 
 
त्यसैगरी मुराटोभले यसबीचमा रूसमा दशकौंदेखि बढ्दो चुनौतीपूर्ण परिस्थितिमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका निम्ति लामो सङ्घर्ष गरेका छन् ।  
 
सन् १९९३ मा उनी स्वतन्त्र अखबार नोवाया गजेटाका संस्थापकमध्येका एक थिए र उनको सत्ता र शक्तिप्रति मौलिक आलोचनात्मक दृष्टिकोण रहेको समितिले जनाएको छ।
 
उनी १९९५ देखि यसको मुख्य सम्पादक रहेका छन्। समितिका अध्यक्ष रीस-एन्डरसनले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताविना देशहरूबीच भाइचाराको सम्बन्ध, निशस्त्रीकरण र समुन्नत विश्वको निर्माण गर्न नसकिने जनाएका छन् । एजेन्सी