मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीद्वारा पदबहाली

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीद्वारा पदबहाली


काठमाडौँ । नवनियुक्त सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शुक्रबार मन्त्रालय पुगी पद बहाली गरेकी छन् । पदबहालीपछि काठमाडौँ उपत्यकामा निर्माण हुने चार सहरका विषयमा थप अध्ययन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णयमा उनले हस्ताक्षर गरेकी थिइन् । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले आवास, भवन र सहरी क्षेत्र विकासको कार्यक्रमलाई विस्तार गरिने प्रतिबद्धता जनाए । 
 
सहरलाई व्यवस्थितरुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका लागि नीतिगत काम गर्न सरोकार भएका सबै निकायसँग समन्वयात्मक रुपमा काम गर्ने लक्ष्य पनि उनले सुनाएका छन् । 
 
मन्त्रालयले अघि सारेका कार्यक्रमका विषयमा जानकारी गराउँदै सचिव डा रमेशप्रसाद सिंहले २०६९ जेठ ५ गते भौतिक योजना मन्त्रालयबाट सहरी विकास मन्त्रालय छुट्याएपछि भए गरेका कामका विषयमा मन्त्री झाँक्रीलाई जानकारी गराएका थिए । सहरी विकासलाई व्यवस्थितरुपमा अघि बढाउन नगरपालिकाहरूको सम्पर्क मन्त्रालयका रुपमा सहरी विकास मन्त्रालयलाई स्थापित गरिनुपर्ने उनको भनाइ थियो ।
 
मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले सुन्दर सहर, सुन्दर घर बनाउन मन्त्रालयको कार्यक्षेत्र विस्तार भएको बताए । सघन सहरी, नयाँ सहर योजनालगायत कार्यक्रम मन्त्रालयले अघि बढाएको उनले जानकारी दिइन् ।  
 
शपथ ग्रहण र मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न गरी आज मन्त्रालय प्रवेश गर्नुभएपछि मन्त्री झाँक्रीलाई सचिव सिंहलगायत उच्च पदस्थ कर्मचारीले पुष्पगुच्छा खादासहित स्वागत गरेका थिए । 
 
अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी मन्त्री झाँक्री निडर युवा राजनीतिज्ञका रुपमा स्थापित छिन् । रासस