एनआरएन विशेष

एनआरएन अध्यक्ष पदका लागि डा बद्री केसीको उम्मेदवारी घोषणा

प्रकाशित |
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएनएका उपाध्यक्ष रहेका डा. केसीले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता सार्जजनिक गरेका हुन् । 
 
रसियामा बसोवास गर्ने केसीले विभिन्न व्यवसायमा लगानी गरेका छन् । उनले यसअघि एनआरएनएको महासचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन् । 
 
संघको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । 
 
यसअघि अध्यक्षको प्रत्यासीका रूपमा कुल आचार्य र रविना थापाले पनि छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरिसकेका छन् । यस पटकको एनआरएनए अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
 
उम्मेदवारी घोषणा गर्दै केसीले आफू एनआरएनएलाई साझा नेतृत्वका रूपमा अघि बढाउन सबै पक्षलाई समेट्ने गरी उम्मेदवारी घोषणा गरेको बताए । 
 
निर्वाचनका सन्दर्भमा आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्षका प्रत्यासी केसीले संस्थागत सुदृढीकरणका साथै वैदेशिक रोजगारीलाई सुरक्षित बनाएर नेपालमा लगानीको वातावरण बनाउन लागिपर्ने बताए । 
 
पर्यटन प्रवर्द्धनका साथै एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड अघि बढाउने र संस्थाको पुनर्संरचना गर्ने उनले प्रतिबद्धता गरेका छन् ।

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया