मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

न्युयोर्कमा अमेरिकी सरकारले सगरमाथा दिवस मनाउने

न्युयोर्कमा अमेरिकी सरकारले सगरमाथा दिवस मनाउने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क(अमेरिका)- विश्वको सर्वोच्च शिखर सगरमाथा पहिलो पटक आरोहण भएको ऐतिहासिक दिनलाई न्युयोर्क सरकारले सगरमाथा दिवसको रुपमा मनाउने भएको छ । विश्वको सर्वोच्च शिर सगरमाथामा पहिलो मानव पाईला टेकिएको ऐतिहासिक दिनको स्मरणमा अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई यस वर्ष देखि न्युयोर्कको राजधानी आल्बानीमा समेत मनाईने भएको हो । 
 
न्युयोर्क सरकारले सो निर्णय न्युयोर्क गरेको राज्य बिधान सभा सदस्य जेनिफर राजकुमारले आज आयोजित बिशेष समारोहमा घोषणा गरेकी हुन । सो अवसरमा हाल अमेरिकामा रहेका साठी जना आरोहीहरुलाई सम्मानपत्र र यु एस नेपाल क्लाइम्बर्स् एसोसिएशनका स्वयंसेवक हरुलाई कदर पत्र प्रदान गरिएको थियो । 
 
हिमाल आरोहीहरुको अदम्य साहस, त्याग र ईमान्दारिताको सम्मान गर्दै न्युयोर्क राज्यको राजधानी आल्बानीमा सगरमाथा दिवस मनाउन लागिएको बिधान सभा सदस्य जेनिफर राजकुमारले बताईन् । नेपाली महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले सगरमाथा दिवसलाई न्युयोर्कमा मान्यता दिएकोमा नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष देखि सगरमाथा दिवस मनाउन न्युयोर्क स्टेट् एसेम्ब्ली सँग सहकार्य गर्ने प्रतिबद्धता जनाए । 
 
यु एस नेपाल क्लाइम्बर्स् एसोसिएशनका अध्यक्ष पासाङ् निमा शेर्पाले हिमआरोहीहरुका लागि गरिएको यो सम्मानप्रति सबैप्रति आभार व्यक्त गरे । कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि अमेरिकाका स्वास्थ्य राजदूत डा. सिमा क्यारेट्नया, क्वीन्स् बोरो उपसभापति रोन्डा विन्डा, शेर्पा किदुगका अध्यक्ष छिरिङ् शेर्पा, जि पि के फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, क्वीन्स् कम्युनिटी बोर्ड सदस्य उर्गेन शेर्पा, आदिबासी जनजाति महासंघका संघीय सभामुख राजकुमार बिष्ट, रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर नबराज केसी, सामाजिक अभियन्ता तथा एडवान् नेपालका संस्थापक बिष्णुमाया परियार, विश्व कीर्तिमानी अमेरिकी भेनेसा ओब्रायन लगायतले शुभकामना व्यक्त गरेका थिए । 
 
नेपाल सरकारले म २९ लाई अन्तरराष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउने निर्णय गरे पछि यस दिवसलाई विश्वका विभिन्न देशका पर्वतारोहीहरुले मनाउदै आईरहेका छन । विगतका वर्षहरुमा न्युयोर्कमा पनि यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनले न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावास, American Alpine Club, Explorer Club of USA, New York City Outbound र United Sherpa Association जस्ता संस्थाहरु सँग सहकार्य गरी सगरमाथा दिवस मनाउँदै आईरहेको थियो । 
 
मीस् नेपाल नर्थ अमेरिका विजेता गरिमा ज्ञवालीद्वारा संचालित कार्यक्रममा विविध नेपाली सँस्कृति झल्कने कार्यक्रमहरुका साथमा भने स्व. तेन्जिङ् नोर्गे शेर्पा र एडमन्ड हिलारीका सुपुत्रद्वय पिटर हिलारी र नोर्बु तेन्जिङ् शेर्पाका भिडिओ सन्देश तथा हिमारोहण संबन्धित श्रब्य दृश्यहरु प्रदर्शन गरिएको थियो ।