मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

कोलोराडोमा नेपाली भाषा पाठशालाको सहयोगार्थ सांगीतिक साँझ आयोजना हुने

कोलोराडोमा नेपाली भाषा पाठशालाको सहयोगार्थ सांगीतिक साँझ आयोजना हुने


कोलोराडो, अमेरिका । नेपाली भाषा पाठशालाको सहयोगार्थ कोलोराडोमा पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ कार्यक्रम आयोजना गरिने भएको छ ।
 
एनआरएन कोलोराडो च्याप्टर र अनेसास कोलोराडो च्याप्टरको संयुक्त आयोजनामा आगामी अक्टोबर २३ तारिक शनिबारका दिन सो कार्यक्रम आयोजना गरिन लागिएको हो ।
 
डेनभरस्थित याक एण्ड यती रेस्टुरेन्टमा आयोजना गरिन लागिएको कार्यक्रमलाई भव्यताका साथ सफल पार्न एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्त र अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौलाको संयोजनमा ९ सदस्यीय कमिटी गठन गरिएको एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष पन्तले बताएका छन् । 
 
यसरी गठन गरिएको कमिटीका अन्य सदस्यहरुमा प्रकाश पौडेल, शंकर गुरुङ, किरण अधिकारी, विजयदेव अधिकारी, दिलकुमारी श्रेष्ठ, सुशील दहाल र निर्मला अर्याल रहेका छन् ।
 
यस कार्यक्रमको मुख्य प्रायोजक याक एण्ड यती डेनभर रहेको छ भने प्रमुख सल्लाहकार बासुदेव खनाल रहेका छन् । यसैगरी प्रमुख गायक पुरुषोत्तम न्यौपानेसँगै स्थानीय कलाकारहरु दीपक गौतम र सम्झना पाण्डेलगायतका कलाकारहरुको प्रस्तुति रहने बताइएको छ । यहाँ क्रियाशील सबै संघसंस्थाका पदाधिकारी, गन्यमान्य, बुद्धिजीवी, समाजसेवी, कलाकार, पत्रकार, व्यवसायी, सर्वसाधारण सबैलाई कार्यक्रम सफल बनाउन सहयोग गरिदिनु अनुरोध गरिएको छ ।
 
प्रवासमा जन्मेहुर्केका बालबालिकाहरुलाई नेपाली भाषा तथा संस्कृति सिकाउने उद्देश्यले यसअघि कोलोराडोको लङमन्ट, अरोरालगायतका सहरमा भाषा पाठशाला सञ्चालनमा आए पनि विभिन्न कारणबाट निरन्तरता पाउन सकिराखेका छैनन् ।