मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

“ राजनीतिक सहमति भइसकेकाले एमसीसी लागु हुनुपर्छ” परराष्ट्र मन्त्री खड्का (भिडियो सहित)

“ राजनीतिक सहमति भइसकेकाले एमसीसी लागु हुनुपर्छ” परराष्ट्र मन्त्री खड्का (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमालय खबर न्यूयोर्क । परराष्ट्र मन्त्री डा. नारायण खड्काले मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)का सम्बन्धमा नेपालका राजनीतिक दलहरुबिच पहिल्यै सहमति भइसकेको खुलासा गरेका छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित कार्यक्रममा मन्त्री खड्काले एमसीसी पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईको पालामा शुरु भएको बताउंदै आफुहरु यसको पक्षमा रहेको संकेत गरेका छन् । 
 
मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा मात्र नभएर पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, केपी शर्मा ओली र मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी समेत एमसीसीको पक्षमा रहेको दावी गरेका छन् । उनले एमसीसीको आफ्नै अन्तर्राष्ट्रिय रहेकाले नेपालको लागि मात्र शंसोधन हुन नसक्ने बताए ।

मन्त्री खड्काले एमसीसीको सम्बन्धमा अमेरिकी सेना नेपाल आउछ भनेर अनावस्यक हल्ला र भ्रम फैलाइएको आरोप मन्त्री खडकाको थियो । अमेरिकी सेना भारत, चीन आफगानिस्तान कुन आकास भएर नेपाल आउछ भनेर डा खडकाले प्रश्न समेत गरे । एमसीसी अनुदान अमेरिकाले दिएको नभएर नेपालीलेनै मागेको पनि मन्त्री खड्काको भनाई छ ।