मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए चुनाव

एनआरएनए चुनाव

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- यदी सरकारले चुनाब रोकेन भने एनआरएनए आईसीसीमा करिब एक महिना पछि नयाँ नेतृत्व आउने छ । एनआरएनए भित्र चुनावी माहौल भने तातिरहेको छ । तर, यो चुनावी माहौलले एनआरएनएलाई भने कमजोर अर्थ न वर्थको संस्थामा रुपान्तरण गरिरहेको छ ।

दुई बर्ष अघि काठमाडौमा चुनाव हुँदा निकै ठूलो लफडा भयो । काठमाडौंको हायात होटलमा चुनावका क्रममा भएको अव्यवस्थाले एनआरएनएको साख निकै तल झार्यो । 
 
तर, यस्तै हरकत एनआरएनए अमेरिकाको साधारण सभामा भयो । बेल्जियममा चुनाव भयो । जापानमा त चुनाव धाँधली भएको परराष्ट्रले नै भन्नुपर्यो । अरु देशमा पनि लफडाबाट एनआरएनए मुक्त छैन । 
 
चुनाव हुन एक महिना बाँकी हुँदा अमेरिका लगायत कतिपय देशमा अहिले सम्म भोट हाल्ने डेलिगेटको टुंगो लागेको छैन । 
 
एनआरएनएको आधार स्तम्भ मानिएका एनसीसीमा अमेरिका सबैभन्दा ठुलो हो । डेलिगेट विवाद सल्टाउन वर्तमान कार्यसमिति निकम्मा सावित हुँदै गएको देखिएको छ । अमेरिकाका एनआरएनएमा नयाँ कार्यसमिति आएपछि एउटा पनि देखिनै राम्रो काम भएको छैन ।  
 
अमेरिका भित्र एनआरएनए आईसीसी र एनआरएनए प्रति आम नेपाली समुदाय सकारात्मक छैन । एनसीसीले अमेरिकाले नेपाली समुदायलाई समेटेर काम गर्न पनि सकेको छैन ।
 
तर, अमेरिकावाट यस पटक चुनावका लागि भने अध्यक्ष देखि महिला संयोजकसम्म उठ्ने उम्मेदवारका लर्को लागेको छ। आईसीसी पदाधिकारी देखि अन्य सबै पदमा अमेरिकावाट एक जना न एक जना म उम्मेदवार हुँ भन्दै प्रचार गरेको देखिन्छ । 
 
आईसीसी अध्यक्षमा रविना थापाले उम्मेदवारी दिने भन्दै प्रचार प्रचार भईरहेको छ । रविना हाल महिला सिटमा उपाध्यक्ष हुन्। उपाध्यक्ष भएका आधारमा अध्यक्ष  उम्मेदवार बन्न नसुहाउने त होइन । तर, रविनाले उपाध्यक्षका रुपमा प्रभावकारी काम गरेको एउटा पनि उदाहरण छैन । उपाध्यक्षका रुपमा अमेरिकामा त रविनाको प्रभाव शुन्य बरावरनै रह्यो । अमेरिकामा एनआरएनएमा सकृय कसैले पनि रविनाको उम्मेदवारी प्रति संवदेनशील छैनन् । चुनावको जोड घटाउको रणनीतिमा रविना उम्मेदवार वनेको विश्लेषण गर्नेहरु पनि छन् । 
 
एनआरएनए अमेरिकामा अध्यक्ष पदमा पराजित भएपछि रविना आईसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिईन । त्यहाँ पनि पराजित भईन । अर्को पटकको चुनावमा भने उपाध्यक्ष हुन सफल भईन । यसले गर्दा चुनाव उठ्न भने रविनाका लागि कुनै नयाँ भने होइन । अन्तिम सम्म उनी उम्मेदवार रहिन वा रहिनन् भनेपनि केही फरक पर्ने स्थिति छैन । 
 
उपाध्यक्षमा एसी शेर्पाले उम्मेदवारी दिने सार्वजनिक भएको छ । व्यवसायिक पृष्ठभुमिका एसी यसअघि क्षेत्रीय संयोजकमा उम्मेदवार थिए । तर, जित्न सकेनन् । एसीले उपाध्यक्ष पदको जिम्मेवारी पाए कति काम गर्न सक्छन् यो भने हेर्न बाँकी छ । 

उपाध्यक्षमै सुनिल शाहले उम्मेदवारी दिने सार्वजनिक भएको छ । सुनिल एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष हुन् । एनआरएनए अमेरिकाको अध्यक्षको रुपमा उनको कार्यकाल पुर्ण रुपमा असफल भयो । अन्तिममा एनआरएनए अमेरिकाको साधारण सभा समेत सुनिलले प्रकृया अनुसार सम्पन्न गर्न सकेनन् । 
 
अहिले अमेरिकामा डेलिगेटको विवादको मुख्य कारण पनि सुनिलकै असक्षम नेतृत्व हो । सुनिल डेलिगेट छनौटका क्रममा यस अघि पनि विवादमा परेका थिए । उनलाई डेलिगेटसँगै आर्थिक लेनदेन विवादमा मुछिएको थियो । पछि विज्ञप्ति निकालेर सुनिलले खण्डन गरेका थिए । अमेरिका एनआरएनए अध्यक्षका रुपमा असक्षम सुनिलले उपाध्यक्षमा उम्मेदवारीलाई खासै महत्वका रुपमा हेरिएको छैन । सुनिललाई आईसीसीसँग गरिएका अफिसियल पत्राचार, इमेल प्रकृया अनुसार वर्तमान कार्यसमितिलाई हस्तातरण नगरेको मेटेको आरोप पनि छ । 
 
महासचिवमा अमेरिका भित्र सबैभन्दा बढी तनाव देखिएको छ । आइसिसीका वर्तमान सचिव गौरीराज जोशी र एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डा केशव पौडेल दुवैजना महासचिवमा उम्मेदवारी दिने तयारीमा छन् । यो चुनाव निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । 
 
गौरी र केशव दुवैले प्रचार प्रसार, सम्पर्क व्यापक बनाएका छन् । दुई मध्ये को बढी बलियो छ यो अझै स्पष्ट भन्न सकिने अवस्था छैन । दुवै जना एउटै पदमा नउठ्दा राम्रो हुन्छ भनेर सुझाव दिनेहरु छन् ।  तर यो सुझावले काम गरेको छैन । गौरी र केशव दुवै जनालाई मतदाताले सिरियस उम्मेदवारका रुपमा भने हेरेका छन् ।
 
यस बाहेक सचिव, कोषाध्यक्ष, महिला संयोजक, क्षेत्रीय संयोजकमा पनि कैँयौँ उम्मेदवार देखिएका छन् । विशेष गरी क्षेत्रीय संयोजक पदमा चासो वढेको छ । यसमा विभिन्न समुह छलफल गर्दै आएको छ । यि फेसवुकका उम्मेदवार मात्र हुन वा सांच्चैनै एनआरएनए संस्थामा केही योगदान दिन चाहेर उम्मेदवारी दिन लागेका हुन यो भने केही साता पछि मात्र थाहा हुने छ । 
 
चार बर्ष अघि आईसीसी चुनावमा अष्ट्रेलियावाट यस्तै अध्यक्ष देखि अन्य विभिन्न पदमा उम्मेदवारी परेको थियो । तर, प्राय सवैको हार्नु पर्यो ।
 
यतिखेर अमेरिकाबाट आइसिसीका सबै पदमा उम्मेदवारी पर्ने त्यस्तै संकेत देखिएको छ ।