मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

उत्तर कोरियाद्वारा घातक युरेनियमयुक्त आणविक भट्टी विस्तार गरेको प्रमाण भेटियो

उत्तर कोरियाद्वारा घातक युरेनियमयुक्त आणविक भट्टी विस्तार गरेको प्रमाण भेटियो


प्योङयाङ । उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाईट तस्बिरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले बम र अन्य घातक बिस्फोटक सामाग्री उत्पादनलाई तीव्रता दिएको विज्ञहरुले बताएका छन् । 
 
उत्तरले गत साता एउटा शक्तिशाली मिसाईल परीक्षण गरेको थियो । ६ महिनामा पहिलो पटक गरेको सो परीक्षणपछि कोरियाली प्रायद्वीपमा तनाव छ ।  ‘आणविक भट्टीको विस्तारले योङवायोन क्षेत्रमा उत्तर कोरियाले युरेनियम प्रयोग हुने घातक हतियार विस्तार गरेको देखिन्छ,’ क्यालिफोर्नियाको मिडलबरी इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजका जेफ्री लिविस भन्छन् । 
 
म्यासर कम्पनीले उपलब्ध गराएको स्याटलाईट तस्बिरअनुसार योङवायोनमा जोडिएको एउटा क्षेत्रमा युरेनियमयुक्त भट्टी निर्माण भइरहेको छ । 
 
१ सेप्टेम्बरमा लिइएको सो तस्विरमा उत्तर कोरियाले रूख फाँडेर भट्टी निर्माण गर्न मैदान तयार गरेको देखाएको थियो । तस्बिरमा एक्जाभेटरका तस्बिरसमेत प्रष्ट देखिएको थियो । 
 
त्यस्तै, १४ सेप्टेम्बरमा लिइएको दोस्रो तस्बिरमा सो क्षेत्र वरपर एउटा अग्लो पर्खाल ठडाइएको देखिन्छ । भट्टी निर्माण गर्न थालिएको नयाँ क्षेत्र एक हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । एजेन्सी