नेपाल

संविधानमा दिवसमा अमेरिकाले दियो शुभकामना

प्रकाशित |
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले सातौं संविधान दिवसका अवसरमा नेपाललाई शुभकामना सन्देश पठाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकी सरकार तथा नागरिकको तर्फबाट १९ सेप्टेम्बर अर्थात ३ असोजको संविधान दिवसको विशेष दिनमा नेपालीहरूमा बधाई तथा शुभकामना दिएका छन् ।
 
शुभकामना सन्देशमा विदेशमन्त्री एन्टोनीले गएको बर्ष नेपाल र अमेरिकाको सम्बन्ध अझै सुमधुर भएको उल्लेख गरेका छन् । 'किनकी दुई देशले समान प्रकृतिका चुनौतीको सामना गरिरहेका छौं । विशेषगरी हामीले कोभिड १९ को महामारीविरूद्ध लड्न तथा जलवायु परिवर्तनका असरहरूको सामना गर्न मिलेर काम गर्‍यौं', सन्देशमा भनिएको छ ।
 
झन्डै ७५ बर्ष लामो कूटनीतिक सम्बन्धमा नेपाल र अमेरिका हरेक क्षण जनस्तरमै सुमधुर मित्रतामार्फत अझै बलियो बनेको उल्लेख गर्दै अमेरिकाले यो सम्बन्धको खुलेर प्रशंसा गरेको छ ।
 
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालस्थित भारतीय दूतावासमार्फत समकक्षी शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै सातौ संविधान दिवसको शुभकामना दिएका छन् ।
 
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाएका छन् । एनके

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया