मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला


विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । 

 
गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन् । उनले संसद् छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए । 
 
६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा गएको पुष्टि गर्ने उनको भनाई छ । नेतृत्व परिवर्तनपछि मात्रै कांग्रेसले गति लिन सक्ने उनको भनाई छ । फरक प्रसंगमा बोल्दै उनले देउवाले डडेलधुरामा पुलिस लगाएर वडा अधिवेशन गर्नु दुखद भएको बताए । 
 
उनले कांग्रेसको ५७ वर्षको इतिहासमा पुलिस प्रयोग गरेर कहिले र कहीँ वडाधिवेशन नगरिएको बताए । संस्थापन इतर समूहबाट सहमतिमा एक जना मात्रै सभापतिको उम्मेदवार हुने उनले दाबी छ । 
 
उनले आफ्नो उम्मेदवारीको विषमा भने बोल्न चाहेनन् । एमसिसी राष्ट्रिय सहमतिमा अगाडि बढ्नुपर्ने उनको धारणा थियो । सरकार र शीर्ष नेताहरू एकै ठाउँमा बसेर राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसीसी पास गरिनु पर्ने उनले बताए । एनके