मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

काबुल स्ट्राइकमा निर्दोष नागरिक मारिएको पुष्टि, अमेरिकाले माग्यो माफी

काबुल स्ट्राइकमा निर्दोष नागरिक मारिएको पुष्टि, अमेरिकाले माग्यो माफी


काबुल । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको काबुल एयरस्ट्राइकमा निर्दोष नागरिक मारिएको भन्दै क्षमायाचना गरेको छ । अमेरिकी रक्षामन्त्री लायड अस्टिनले अफगानी नागरिकको मृत्युप्रति माफी मागेका हुन् ।
 
तालिवानले अफगानिस्तान कब्जामा लिएपछि २६ अगस्टमा भएको आत्मघाती हमलामा १३ अमेरिकी सैनिकसहित दुई सय जना मारिएका थिए । आईएसआईएस-केले जिम्मेवारी लिएको हमलापछि अमेरिकाले जवाफी कारवाहीअन्तर्गत ड्रोन हमला गरेको थियो । 
 
हमलामा काबुल हमलाका मास्टरमाइण्ड मारिएको अमेरिकाले दाबी गरेको थियो । तर उक्त एयरस्ट्राइकमा निर्दोष नागरिक मारिए भन्दै चौतर्फी प्रश्न उठेको थियो । यसमा जाँचबुझ गरेको अमेरिकाले गल्ती स्वीकार्दै माफी मागेको हो ।
 
अमेरिकी रक्षा मन्त्रालयले जाँचपछि आतंकवादी नभई निर्दोष नागरिक मारिएको पाइएको जनाएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका कमाण्डर जनरल केन्नथ मेकेंजीले स्ट्राइक एक दु:खद गल्ती भएको बताएका छन् ।
 
२९ अगस्टमा अमेरिकी ड्रोन हमलामा ७ बालबालिकासहित १० जना मारिएका थिए । एजेन्सी