मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नालाई कोभिड हिरो सम्मान

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नालाई कोभिड हिरो सम्मान

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क(अमेरिका)- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नालाई न्युयोर्ककको ब्रूकलिन बोरो प्रेसिडेन्ट इरिक आडम्सद्धारा कोभिड हिरोको उपाधिले सम्मान गरिएको छ । फिप्ना लगायत फिप्नासंग जोडिएका अन्य १६ नेपाली संघसंस्थाहरुपनि कोभिड १९ हिरोबाट सम्मानित भएका छन । 
 
कोरोना महामारीका बेला नेपाली लगायत समुदायको हित र उद्धारमा अग्रपंक्तिमा रहेर खटिएको भन्दै फिप्ना लगायतका संस्थालाई बोरो कार्यालयले सम्मानित गरेको हो । सम्मान स्वरुप कोभिड हिरो अवार्ड लेखिएको साइटेसन अर्थात प्रसंशापत्र समेत दिइएको छ । फिप्ना लगायत अन्य १६ संस्थालाई नै बेग्ला बेग्लै प्रमाणपत्र सहित सामुहिक रुपमा  सम्मानित गरिएको हो । कोभिड १९ को इपिसेन्टर बनेदेखिनै फिप्ना लागायत यससंग जोडिएका संघसंस्थाका प्रतिनिधिहरु संक्रमित सम्मै पुगेर उपचारको व्यवस्था, औषधि तथा खाद्यान्न वितरण गरेको थियो । त्यसैगरी कोभिड १९ को महामारीको बेला घरबाट निस्कन नसक्नेहरुलाईपनि फिप्ना लगायतका संस्थाहरुले राहत सामग्रीहरु वितरण गरेका थिए । साथै रोजगारी गुमाएका नेपाली विद्यार्थीलाई आर्थिक सहयोग तथा राहत वितरणपनि गरिएको थियो । 
 
डेमोक्रेटिक पार्टीको तर्फबाट न्यूयोर्क शहरको मेयरको उम्मेद्वारको लागि निर्वाचित समेत भएका बोरो प्रेसेडेण्ट इरिक आडम्स्लाई भावी मेयरको रुपमा पनि हेरिएको छ । भावी मेयरको तर्फबाट संस्थाहरु सम्मानित भएकोमा काम गर्ने हौैसला अझै बढेको फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताए । अध्यक्ष चेम्जोङका अनुसार गत साल कोरोना कहरको अत्याधिक संक्रमणको अवस्थामा स्वयंसेवकहरूको ज्यानको जोखिम मोलेर १० औ हजार भन्दा धेरै माक्स, सेनिटाईजर, ग्लब्स साथै टाईनल, थर्ममिटर र  अत्यावस्यक स्वास्थ्य सामाग्रीहरू न्यूयोर्कमा वितरण गरिएको थियो । सोही कार्यहरुको सम्बोधनमा भावी मेयरबाट उपाधि पाउनुले नेपाली समुदायको शिर उंचो भएको उनले बताए । 
प्रतिकुल मौसमका कारण निर्धारित समयमा  अवार्ड वितरण हुन नसकेकाले फिप्नाका अध्यक्ष लोक चेम्जोङले वोरो प्रेसिडेन्टको कार्यलयबाट उपलब्ध सम्मानपत्रलाई फिप्नाको कार्यलयमा एक विशेष कार्यक्रमको आयोजना गरी वितरण गरेका थिए । 
कोभिड हिरोबाट सम्मानित हुनेसंस्थाहरुमा ढोक्पा किदुक अमेरिका, घ्याल्सुम्दो सेवा समाज तमु सोसाइटी अफ अमेरिका, ह्योल्मो सोसाइटी अफ अमेरिका, युनाइटेड किरात राई अफ अमेरिका, किरात याक्थुङ चुम्लुङ अमेरिका, मगर एशोसिएसन युएसए, मुस्ताङ किदुक युएसए, नेवा गुठी न्युयोर्क, शेर्पा एशोसिएसन इन अमेरिका, तामाङ सोसाइटी अफ अमेरिका, किरात राई सोसाइटी,उलुङ कम्युनिटी अफ नर्थ अमेरिका, नुब्री एशोसिएसन, युनाइटेड मुगुम र जिरेल एशोसिएसन लगायतका संस्थाहरु रहेका छन । 
 
महामारीकै बेला पनि फिप्नाले नेपालमा करिव २ महिना सम्म अभियान चलाएर गरिव असाहाय, दलित तथा सिमान्तकृत समुदायमा नेपाली रुपैया २६,००,०००÷– -छब्बीस लाख) बराबरको खाद्यान्न वितरण फिप्नाले गरेको थियो ।