मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोलोराडोमा घुम्ती कन्सुलर सेवा सम्पन्न

कोलोराडोमा घुम्ती कन्सुलर सेवा सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- कोलोराडोमा नेपाली राजदुतावासको दुई दिने घुम्ती कन्सुलर सेवा शिवीर सम्पन्न भयो ।
कोलोराडोमा सकृय संस्थाहरु नेपाली घर, एनआरएन कोलोराडो च्याप्टर र बिआटी नेपाल डट कमको संम्युक्त आयोजनामा सम्पन्न शिविरबाट १ सय २५ जना भन्दा बढी प्रत्यक्ष लाभान्वित भएका छन् । कोलोराडाे , वायामिङ र न्यु मेक्सीको स्टेटमा बसोवास गर्ने नेपाली समुदायलाई स्थानिय स्तरमा सेवादिने उद्धेश्यले सञ्चालन भएको शिविरमा ७१ एनआरएन कार्ड, ४४ पासपोर्ट नविकरण, ४ अधिकृत वारेसनामा, २ एकतर्फी यात्रा अनुमती पत्र र २ वटा भिषा सेवा प्रदान गरिएको द्धितीय सचिव उत्तम घिमिरेले बताएका छन् ।
अमेरिकाको लागी नेपाली राजदुत डा.युवराज खतिवडाको नेतृत्वमा आएको ४ सदस्सिय टोलीले शनिबार र आईतबार दुई दिनमा उक्तकाम सम्पन्न गरेको हो । टोलीमा द्धितीय सचिव उत्तम घिमिरे, तृतिय सचिव राधारमण दुवे र कार्यालय साहायक रामजि दाहाल रहेका थिए ।  
यसैगरी सनिवार शिविर संचालन भएको स्थान फ्रन्ट रेन्ज कम्युनिटी कलेजमा कोलोराडो युथको आयोजनामा नेपालको बिकासमा प्रवासी युवाको भुमीका बिषयमा राजदुत खतिवडा संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थानीय युवाहरुले राजदुत समक्ष शिक्षा, स्वास्थ्य, रोजगार, श्रोत र साधन सम्बन्धी बिभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा राजदुत खतिवडाले नेपालको बिकासको लागी प्रवासी युवाहरुको महत्वपुर्ण भुमीका रहेको र भबिश्यमा पनि निरन्तर रहने आशा गर्दै मातृभुमीलाई नर्बिसन आग्रह गरे ।

त्यसैगरी शनिबार सांझ कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी , बुद्धीजिवी, समाजसेवी, गन्यमान्य, ब्यावसायी, बिद्यार्थी, सर्वसाधारण, पत्रकारहरुको सहभागीतामा राजदुत खतीवडा संग प्रत्यक्ष अन्तरकृया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा एनआएन अमेरीकाका उपाध्यक्ष बिकास उप्रेती , महाबाडिज्य दुत एसी शेर्पा लगायतका ब्याक्तिहरुको उपस्थिती रहेको थियो । 
एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष रामचन्द्र पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमा सहभागीहरुले राजदुत समक्ष राजदुतावासबाट प्रदान गरिने सेवा, प्रवासमा नेपाली समुदायको हकहित र बिकासकोलागी राजदुतको भुमीका, नेपाल र नेपालीको स्तर उन्नती, दोहोरो नागरिकता, एमसिसी लगायत बिभिन्न जिज्ञासाहरु राखेका थिए । कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई संम्बोधन गर्दै राजदुत खतीवडाले प्रवासमा रहेका नेपालीहरुको रेमीट्यान्सले नेपालको बिकासमा ठुलोटेवा पुगेको भन्दै सबैलाई धन्यवाद दिए । उनले नेपालमा लगानीगर्ने वातावरण बन्दै गएको भन्दै यहा सिकेको सिप , ज्ञान र कमाएको धन नेपाल र नेपालीको स्तर उन्नतीमा परिचालन गर्न सबैसंग आग्रह गरे ।
नेपाल सरकारको स्थानिय स्तरमा नै गएर सेवा दिने निती अनुसार यो घुम्ती कन्सुलर सेवा आयोजना भएको बताउदै नेपालीलाई छिटो छरितो र सर्वसुलभ सेवा दिन नेपाल सरकार लागी परेको बताए । कार्यक्रमलाई एनआरएन केन्द्रिय उपाध्यक्ष बिकास उप्रेती , महाबाडिज्य दुत एसी शेर्पा, एनआएन टेक्सास च्याप्टरका अध्यक्ष सोफीन थापा, आइसीसी मानार्थ सदस्य प्रकास साप्कोटा, नेपाली घरका अध्यक्ष लछुमन राना लगायतका ब्याक्तिहरुले संम्बोधन गरेका थिए ।
त्यसैगरी आईतबार राजदुत तथा एनआरएन पदाधिकारीहरुलाई नेपाल र नेपालीहरुको पहिचाहन झल्कने नपाली सामुदायिक भवन निर्माणको लागी खरिद प्रकृयामा रहेको भवनको अवलोकन भ्रमण गराईएको थियो । कोलोराडोमा नेपाली घरको संयोजनमा तथा सबै संघ संस्था र समाजसेवी दाताहरुको सहयोगमा सामुदायीक भवन प्रकृया अघिबढेकोमा सबैले खुशी ब्याक्तगर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
घुम्ती कन्सुलर सेवा शिवीरको अन्तमा स्वयंसेवी सबैलाई राजदुत खतिवडाले प्रमाण पत्र प्रदान गरेका थिए । उनले सबैको साथ र सहयोगले शिविर सफलताको साथ सम्पन्न भएकोमा आयोजक सहभागी सबैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रम सम्पन्न गर्न यहाका ब्यावसाही तथा समाज सेवी दाताहरुले नगद तथा अन्य आबस्यक सामग्री सहयोग गरेका थिए । दाताहरुले दिएको नगद सहयोग खर्च कटाएर बाकी रहको नेपाली घरको खातामा जम्मागर्ने समझदारी भए बमोजिम बांकी रहेको २ हजार ६ सय १६ डलर नेपाली घरको खातामा जम्मा गरिने नेपाली घरका उपाध्यक्ष जगदिश ढकालले बताएका छन् ।