मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए टेक्ससद्वारा विद्यार्थी लक्षित कार्यक्रम

एनआरएनए टेक्ससद्वारा विद्यार्थी लक्षित कार्यक्रम

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको टेक्सस च्यापटरले शनिबार माध्यमिक तथा उच्च माध्यमिक तहका नेपाली बिधार्थीलाई लक्षित गरी यस एक कार्यक्रम सम्पन्न गरेको छ।
 
अध्ययनमा के कस्ता तयारी गर्नुपर्छ, के कस्ता बिषय छनोट गर्न सकिन्छ, कुन बिषय आफ्नो लागि उपयुक्त हुन्छ जस्ता थुप्रै बिषयमा जानकारी प्रदान गर्ने उद्वेश्यले सो कार्यक्रम अायोजना गरिएको थियो । त्यस्ता विषयमा जानकारी लिने-दिने उद्येश्यले हाल बिश्वकै १० औं बिश्वबिधालय अन्तरगत छात्रवृत्तिमा पर्न सफल केहि नेपाली विधार्थीहरुसँग अनुभव आदानप्रदान साथै अन्तरक्रिया कार्यक्रम भएको हो । 
 
अमेरिकावासी नेपाली बिधार्थीहरुको बाक्लो सहभागितामा कार्यक्रम निकै उत्कृष्ट रहको कार्यक्रम संयोजक निश्चल चापागाईले जानकारी दिए । यस कार्यक्रमबाट नेपाली समुदायमा रहेका धेरै नेपाली विधार्थीहरुलाई कस्तो बिश्वबिधालय छनोट गर्ने, उचित बिषय के र त्यसको पहिलो कदमहरु के के हुनेछन भन्ने जिज्ञाशा निर्मुल पार्न सफल भएको उनले बताए । 
 
 कार्यक्रमका प्रमुख अथिति एनआरएनए अमेरिकाका अध्यक्ष बुध्दि सुवेदीले टेक्सस च्यापटर गरेको कार्यक्रमलाइ शुभकामना दिएका  थिए I  करीब ५० भन्दा धेरै जिज्ञासाहरुको बिशेष अतिथी डा. अर्जुन बन्जाडे लगाएत सम्बन्धित बिधार्थीले सम्बोधन गरेका थिए । कार्यक्रममा  अतिथी डा अर्जुन बन्जाडे प्रमुख बक्ताको भुमिकामा रहि कार्यक्रमको सभापतित्व च्यापटर अध्यक्ष सोफिन थापाले गरेका थिए ।
 
कार्यक्रम च्याप्टर सचिब डा. चण्डी भण्डारीले संचालनमा भएको सो कार्यक्रममा कार्यक्रम संयोजन निश्चल चापागॅाई, सन्देश उप्रेती र मनिता मान्धरले गरेका थिए भने कार्यक्रममा बिधार्थी सुबास भण्डारी, प्रसम्सा घिमिरे, मनिष भण्डारी, ईषा घिमिरे, आभाष श्रेष्ठ लगाएतले आफ्नो बिश्वबिधालय छनोट अनुभव बताएका थिए।