मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

दुबईमा तीजको दर खाने कार्यक्रम सम्पन्न

दुबईमा तीजको दर खाने कार्यक्रम सम्पन्न


दुबई, युएई । गएको १० सेप्टेम्बर शुक्रबारका दिन दुबईको सिल्भर स्पून नेपाली रेस्टुरेन्टमा महिलाहरुको महान चाड हरितालिका तीजको पावन अवसर पारेर दुबईस्थित कार्यरत दिदीबहिनीहरुलाई शुभकामना आदानप्रदानका साथ विविध लोक सांगीतिक माहौलमा दर खुवाएका छन् । सो दर खुवाउने कार्यक्रम उपाध्यक्ष एल.पी. ढकालको संयोजकत्वमा गोधूली लाइभ दोहोरी समूहले सम्पन्न गरेको हो ।
 
उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल रहेका थिए भने कार्यक्रमको अध्यक्षता सोही गोधूली लाइभ दोहोरीका अध्यक्ष कृष्ण रोकाले गरेका थिए । त्यसै गरी विशेष अतिथिमा सिल्भर स्पून रेस्टुरेन्टका मेनेजर ईश्वरी पाण्डे र उपाध्यक्ष एल.पी. ढकाल रहेका थिए । अतिथिहरुमा कलाकारहरु र पत्रकारहरु रहेका थिए ।

 
महासचिव तथा लोक गायक सुदीप गैरेको सञ्चालनमा रहेको कार्यक्रमको थालनी प्रमुख अतिथि र अध्यक्षको हातबाट दीप प्रज्वलनका साथ नेपाली राष्ट्रिय गीतबाट गरिएको थियो ।
 
कार्यक्रम संयोजक एल. पी. ढकालको शुभकामना मन्तव्य लगत्तै कोषाध्यक्ष तथा लोक गायिका सीता स्मृति राईको मन्तव्य रहेको थियो । प्रमुख अतिथि ढकालले मन्तव्यको क्रममा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई तीजको शुभकामना दिँदै प्रवासमा पनि आफ्नो चाड पर्वलाई उजागर गर्दै नेपाली लोक संस्कृतिलाई जर्गेना गरेको बताए । 
 
त्यसै गरी मन्तव्य कै क्रममा अध्यक्ष रोकाले हाम्रो गोधूलि लाइभ दोहोरी भनेको प्रवासीको कुनै राजनीतिक भातृसंगठन, समाज या संस्था नभई मात्र प्रवासमा लुकेर रहेका गला र कलालाई प्रोत्साहन गर्ने हेतुले नेपाली लोक संस्कृतिलाई उत्थान गरेको बताए ।

 
कोभिड–१९ को सामाजिक दुरीको नियमलाई कायम गर्दै दर्शकहरुको एकदमै सानो उपस्थितिमा सांगीतिक कार्यक्रम अन्जिता थापा, अस्मिता गोर्खाली र सीता स्मृति राईको प्रस्तुतिमा (हे आयौ हामी स्वागत गीत गाउनलाई) भन्ने समूह गीतबाट सुरु गरिएको थियो । 
 
बटौलीको साडी पाल्पाको ढाका टोपी मिन गुरुङको प्रस्तुतिले दर्शकका साथै प्रमुख अतिथि र अध्यक्षलाई समेत नाचौँ–नाचौँ तुल्याएको थियो । त्यसै गरी सञ्जय लामा, दिनेश गुरुङ र सीता स्मृति राई, अस्मिता गोर्खाली र सुदीप गैरेको प्रस्तुतिले पनि थप सुनमा सुगन्ध थपिदिएको थियो ।