मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा निधन

मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा निधन


काठमाडौँ । मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे निधन भएको छ । अभिनयका क्रममा भारतको देहरादून पुगेकी निशा तीन वर्षअघि कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । 
 
दुर्घटनापछि बोल्न र हिँड्न छाडेकी उनको उपचार अभावका कारण दिन प्रतिदिन स्वास्थ्य स्थिति बिग्रँदै गएको थियो । ललितपुरको मध्यमवर्गीय परिवारकी निशाको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण उनको उपचारमा ढिलाइ भएको समाचार सार्वजनिक भएको थियो ।
 
घिमिरेको पार्थिव शरीरलाई बिहीबार दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र त्यसपछि अन्त्येष्टि गरिने चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए । 
 
आर्थिक अभावमा उपचार हुन नसकेको विषयमा समाचार सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले गत जेठ २७ गते घिमिरेको उद्धार गरेर अस्पतालमा उपचार गराउन थालेकी थिइन् । 
 
घिमिरेको उपचारमा नर्भिकले ५० लाखभन्दा बढी खर्च गरेको थियो । निशाले भोजपुरी फिल्म मधेसी पुत्र २, टेलिशृङ्खला  डियर जिन्दगीलगायत केही टेलिसिरियलमा अभिनय गरेकी थिइन् । उनले दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी थिइन् ।