कहाँ मेरो गाउँ शहर पो कहाँ छ
मलाई पर्खी बस्ने नजर पो कहाँ छ l
त्यो साँझको जमघट त्यो संगीत सरगम
त्यो उमँग उत्साह रहर पो कहाँ छ l
समय को भेल ले बिस्तारै बगायो
समय माथि कसैको पकड़ पो कहाँ छ l
हत्या हिंसा ले भरीन्छ बिहानीको अखबार
सुख शान्ति समृद्धीको खबर पो कहाँ छ l
घृणाको बजार मा मायां को सानो
पसल खोल्ने मन छ शटर पो कहाँ छ l
युगौं पछी आज गजल लेख्न खोजेँ
रदीफ़ काफ़िया अनि बहर पो कहाँ छ l
प्रतिक्रिया