मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

सुमन घिमिरेको कवितासङ्ग्रह ‘सुनको टप’ विमोचित

सुमन घिमिरेको कवितासङ्ग्रह ‘सुनको टप’ विमोचित


चितवन । चितवनका युवा कवि सुमन घिमिरेको कवितासङ्ग्रह ‘सुनको टप’ एक समारोहबीच विमोचन गरिएको छ । मुलुकको समसामयिक विषयवस्तुमाथि केन्द्रित गरेर उनले कविता लेखेका हुन् ।
 
यो उनको दोस्रो कवितासङ्ग्रह हो । शनिबार सौराहामा नियात्राकार प्रतिक ढकालले कवितासङ्ग्रह विमोचन गरेका हुन् । कविडाँडा साहित्य समाजले कार्यक्रमको आयोजना गरेको हो ।
 
सुनको टपमा ४१ वटा कविता समावेश गरिएका छन् । नेपालको अतिक्रमित भूमि लिपुलेक र लिम्पियाधुरा कागजमा मात्रै फिर्ता भएको भन्दै व्यावहारिक कार्यान्वयनका लागि उनले कविताका माध्यमबाट आवाज उठाएका छन् । विमोचन कार्यक्रममा कवि भूपिन र चेतराज रेग्मीले कविताको समीक्षा गरेका थिए ।
 
घिमिरेको यो दोस्रो कृति हो । २०६८ मा उनको पहिलो कवितासङ्ग्रह ‘मेरो बैंसको क्यालेण्डर’ निकालेका थिए । यसपटक दश वर्षको बीचमा लेखिएका प्रतिनिधि कविताहरुलाई स्थान दिएको घिमिरेले बताए ।
 
कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष साहित्यकार एलबी क्षेत्रीले मुलुकको वास्तविकता कवितामार्फत चित्रण भएको बताए ।