मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली घर द्धारा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

नेपाली घर द्धारा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरिका)- कोलोराडोमा सकृय तिन संस्थाका नव निर्वाचित पदाधिकारीलाई  नेपाली घरले एक समारोह बिच सम्मान गर्दै भेटघाट तथा अन्तर्रकृया कार्यक्रम सम्पन्न गरेको छ ।
 
नेपाली सांस्कृतीक केन्द्र निर्माण अभियानको अगुवाई गर्दै आएको संस्था नेपाली घरले एनआरएन कोलोराडो च्याप्टर, रकि माउन्टेण्ड फ्रेण्डस् अफ नेपाल र अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका पदाधिकारीहरुलाई अभियान बारे जानाकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो ।
 
नेपाली घरका अध्यक्ष लछुमन रानाको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा एनआरएन कोलोराडो च्याप्टरको सल्लाहकार सदस्य सहित अध्यक्ष आरसी पन्तको कार्यसमितीका पदाधिकारी,  रकि माउन्टेण्ड फ्रेण्डस् अफ नेपालका अध्यक्ष टिका पौडेल तथा उनको कार्यसमितीका पदाधिकारी  र अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष्य राजु सिटौला सहित उनको कार्यसमितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । यसरी कार्यक्रममा उपस्थित नव निर्वाचित कार्यसमितीका पदाधिकारी र सल्लाहकार समितीका सदस्यहरुलाई आयोजक संस्थाका अध्यक्ष लछुमन राना र उपाध्यक्ष नवराज मरासेनीले टिका र खादा लगाईदिइ सम्मान गरेका थिए ।
 
यसैगरी सोही कार्यक्रममा कोलोराडोबाट निर्वाचित एनआरएन अमेरीकाका केन्द्रिय सदस्य राज ढुङ्गाना र नेपाली सांस्कृतीक केन्द्र निर्माण अभियानलाई ३० हजार डलर सहयोग दिने प्रतिबद्धता जनाएका शुनिल पाठकलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा बक्ताहरुले आ–आफ्ना धारणा राख्दै नेपाल र नेपालीहरुको पहिचाहन र गौरव जोगाउन सांस्कृतीक केन्द्रको आवस्यकता रहेको र यस महा अभियानलाई सफल पार्न मन बचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । एनआरएन केन्द्रिय सदस्य राज ढुङ्गानाले एनसीसीले च्याप्टरहरुलाई दिने भनेको ३० देखी ३५ हजारको सहयोगको लागी पहल गर्ने बताए । 
 
त्यसैगरी एनआरएन कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष तथा सल्लाहकार बासु खनालले अन्य केन्द्रिय सहयोगहरु जुटाउने आश्वासन दिएका थिए ।  कोलोराडो च्याप्टरका  अध्यक्ष आरसी पन्तले संस्थागत रुपमा सहयोगगर्ने प्रतिबद्धता जनाएका थिए  ।  यसैगरी  प्रतिबद्धता जनाउनेहरुमा रकि माउन्टेण्ड फ्रेण्डस् अफ नेपालका अध्यक्ष टिका पौडेल अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौला लगायतका रहेका छन् । उनीहरुले कोर्डिनेशन कमिटी बनाउनुपर्ने सझाव समेत दिएका छन् ।  कार्यक्रममा  नेपाली घरका सल्लाहकारद्धय टिका शिटौला, राजेन्द्र शर्माले  सबैलाई सहयोग गर्न अनुरोध गरेका थिए ।
 
नेपाली घरका उपाध्यक्ष जगदिशचन्द्र ढकालद्धारा संचालित कार्यक्रममा कोषाध्यक्ष भोला कटुवालले संस्थाको खातामा हाल सम्म जम्मा भएको रकम र प्रकृयामा रहेको रकमको बारेमा प्रस्ट्याएका थिए । त्यस्तै आर्का उपाध्यक्ष संजयसिंह केसीले स्वागत मन्तब्य राखेका थिए । बु्रमफिल स्थित जाईका रेष्टुरेन्ट सम्पन्न कार्यक्रममा संस्थाका महासचिव बसन्त लम्सालले सहभागी सबैलाई चिया नास्ता सहित कार्यक्रम स्थल निशुल्क उपलब्ध गराएका थिए । कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष तथा कार्यक्रकमका सभापति लछुमन रानाले उपस्थित सबैलाई धन्यवाद दिए ।  उनले संस्थाको बर्तमान स्थिती र भावी योजना बारेमा प्रकास पार्दै यस अभियानलाई सफल बनाउन सबैको साथ र सहयोगको आवस्यक रहेकोले यथासक्य सहयोगगर्न सबैलाई अनुरोध गरेका थिए ।