मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

मिस नेपाल नर्थ अमेरिका-२०२१ को विजेता बनिन् गरिमा ज्ञवाली

मिस नेपाल नर्थ अमेरिका-२०२१ को विजेता बनिन् गरिमा ज्ञवाली


न्यूयोर्क । न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका २०२१ (उत्तर अमेरिका नेपाल सुन्दरी) को प्रतियोगिता गरिमा ज्ञवाली बिजेता बनेकी छिन् ।
 
न्यूयोर्ककी ज्ञवालीले १८ जना प्रतियोगीलाई हराउँदै मिस नेपाल नर्थ अमेरिका २०२१ को ताज लगाएकी छिन् । यस्तै, प्रथम विजेतामा याङ्गछेन लामा तथा तथा द्वितीय विजेता शुभेच्छा निरौला भएका छन् ।
 
यसको साथै मिस ट्यालेन्टमा रोशिका गजमेर, मिस कम्युनिटी आउटरिचमा एलिना राई, मिस पपुलर (जनताको मतद्वारा लोकप्रिय) मा नग्मा गुरुङ्ग (चित्रण योग्य) मा मिस स्माइल (मुस्कान)मा निमिका थापा, मिस वेस्ट ड्रेसमा सेलिशा नेपाल, मिस पर्सनालिटीमा गरिमा ज्ञवाली, मिस डिसिप्लेनमा सुप्रिता फुयाल, मिस क्याटवाकमा दिना केसी, मिस पर्सनालिटीमा गरिमा ज्ञवाली, मिस राइजिङ स्टारमा अलिशा गुरुङ्ग, मिस स्किनमा चाँदनी लामा, मिस बेस्ट हेयर मुना नेपाल, उत्कृष्ट शरीरमा उर्जा केसी, उत्कृष्ट हेरिटेजमा जेनी रावतलगायतलाई प्रदान गरिएको थियो ।
 
अगस्त १ देखि अगस्त ६ सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त ७ का शनिबारका अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको हो । १८ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्य तथा क्यानडासमेतबाट सहभागिता भएका थिए ।
 
मिस नेपाल नर्थ अमेरिका २०२१ को अन्तिम प्रतियोगिता न्यूयोर्कको वुडसाइडस्थित तिब्बती सामुदायिक केन्द्रमा आयोजना गरिएको थियो । पहिलो चरणमा १८ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुतिपश्चात् दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जनामध्ये अन्तिम चरणमा ५ जना पुगेकामध्ये मिस नेपाल नर्थ अमेरिका २०२१ का बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।
प्रतियोगिताको लागि पूर्वनेपाल सुन्दरीहरु क्रमशः शृंखला खतिवडा, सदीक्षा श्रेष्ठ, मनिता देवकोटा, मलिना जोशी तथा साहना बज्राचार्यले सहभागिता जनाएका थिए  ।
 
सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडा अफिसियल मेन्टोर तथा मुख्य निर्णायक रहेकी थिइन् । सदीक्षा श्रेष्ठ कोरियोग्राफर तथा सन् २०१८ कि नेपाल ब्रम्हाण्ड सुन्दरी मनिता देवकोटा प्रशिक्षकको रुपमा भूमिका निर्वाह गरेकी थिइन् ।
 
साहना बज्राचार्य कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् । यस्तै गरी निर्णायकहरुमा चर्चित कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी, सवु गदाल कार्की, मोनिका घले, मलिना जोशी, डा सुलोचना गुरुङ, आशिश प्रसाईं, पूर्ण लामा, पशुपति श्रेष्ठ तथा अधिवक्ता बासु फूलारा रहेका थिए ।
 
उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको थियो । ११ वर्षसम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति हुन्  ।