मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

मुखमा मास्क जिउने आश…

मुखमा मास्क जिउने आश…


मास्कभित्र सास छ
र त जिउने आश छ ।
अल्फा, बिटा भेरियन्टबाट बच्यौ
अब डेल्टाको मात्र त्रास छ । 
 
(१) 
 
कतै  खोपको पर्खाइ
त कतै खोपविरूद्ध लड़ाइँ ।
कहीँ छानी–छानी खोप
त कहीँ जे भए नो घोप । 
 
(२)
 
कोही परिवार र आफन्त गुमाए
कोही यही बेला छाप्रो बनाए ।
साथी–भाइको हुँदैछ बिछोड
कोरोना तिम्रो कस्तो–कस्तो चोट ।
 
(३)
 
अफिसमा कर्मचारीको खाँचो 
तर बेरोजगारीको हल्ला छ ।
रिमोट वर्कमै रमाउन थालेँ
बेरोजगारी भत्तामै बाँच्न थालेँ ।
 
(४)
 
पहिले मास्क लगाउने, अनि हटाउने 
फेरि लगाउने, कस्तो सिडिसीको म्यान्डेट छ ।
दुई डोज कोभिड–१९ खोप लगाएर पनि
पहिले जस्तै जिउन कहाँ सजिलो छ ।
 
(५) 
 
त्यसैले,
मुखमा मास्क छ र त जिउने आश छ ।