मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजाका नयाँ पदाधिकारीद्वारा शपथग्रहण

नेजाका नयाँ पदाधिकारीद्वारा शपथग्रहण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भर्जिनिया (अमेरिका)– नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौँ अधिवेशनद्वारा निर्वाचित अध्यक्ष विकासराज न्यौपाने लगायत पदाधिकारीले शपथग्रहण गरेका छन् । 
 
(नेजा) को सातौँ अधिवेशनले विकासराज न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको थियो । आइतबार सम्पन्न निर्वाचनमा न्यौपानेले ३८ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी गोकुल ढकालले २२ मत पाउँदा अर्का उम्मेदवार अनुज थापाले २१ मत पाएका थिए । 
उपाध्यक्षमा मच्छेदेवी गुरूङ विजयी भइन्। उनले ६१ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी किशन रेग्मीले २१ मत पाए ।
 
यस्तै महासचिवमा सुरज भण्डारी ४१ मत पाएर विजयी भएका छन्। उनलाई प्रशान (वीर) एलुङ राईले ३८ मत पाएका थिए ।
 
यसअघि नै सचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा प्रभात भट्टराई, क्षेत्रीय संयोजकमा शिव नेपाल पश्चिम, लीलादेवी ओझा (डिसी मेट्रो), गोकुल श्रेष्ठ (उत्तर पूर्व), सुजन पण्डित (दक्षिण) निर्विरोध चयन भएका छन्।
 
यस्ते ४ सदस्यहरू पनि निर्विरोध चयन भए। जसमा अनिल अधिकारी, बाबुराम दाहाल, संगम बानिँया र ज्ञान प्रसाद शर्मा छन्।

 
अमेरिकाको भर्जिनिया राज्यको स्यानटीली शहरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष  विपुल पोख्रेलले नेपाल अमेरिका पत्रकार संघ(नेजा)को सातौ अधिवेशन तथा १४ औ साधारण सभाको उद्घाटन गरेका थिए। 
 
निर्वाचन आयोग प्रमुख आंगछिरिंग शेर्पाले नव निर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण गराएका थिए ।