मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्मला प्रकरणका तीन वर्ष : अझै अपराधी पत्ता लागेन

निर्मला प्रकरणका तीन वर्ष : अझै अपराधी पत्ता लागेन


महेन्द्रनगर । भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ । साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्र्पकबिहीन भएकी उनीको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।
 
‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ भन्दै निर्मलाका बुबा,  स्थानीयवासी र अधिकारकर्मीले आज दिउँसो महेन्द्रनगर बजारमा ¥याली निकालेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त प्रकरणको सघन रुपमा अनुसन्धान भइरहेको जनाएको छ ।
 
घटनापछि तीन वर्षदेखि निरन्तर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको टोली कञ्चनपुरमै बसेर अनुसन्धानमा खटिएको छ । 
 
यसैगरी जिल्ला प्रहरी कार्यालयमा आउने प्रहरी नायब उपरीक्षकलाई अनुसन्धान अधिकृत खटाएर जिल्लास्तर र प्रदेशबाटसमेत घटनाका अनुसन्धानमा प्रहरीका छुट्टा छुट्टै टोली परिचालित  छन् ।
 
घटनामा संलग्न जनाउँदै प्रहरीले घटनाको चौथो साता भीमदत्त नगरपालिका–१९बागफाँटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । मानसिक अवस्था ठीक नभएका उनलाई अभियुक्त बनाएको आक्रोशमा यहाँ आन्दोलन चर्कियो । अभियुक्त विष्टको डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयले रिहा गरेको थियो ।
 
आन्दोलन मुलुकभर भइरहँदा महेन्द्रनगरमा प्रहरीको गोली लागेर भीमदत्त–१८ सालघारीका सनी खुनाले ज्यान गुमाएका थिए । सुदूरपश्चिम प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न आउने प्रहरी अधिकारीले निर्मला प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउने विषय प्राथमिकतामा राख्दै अनुसन्धान थाल्ने गरेको भए पनि अझै आपराधी पत्ता लाग्न भने सकेको छैन् ।
 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले केन्द्र, प्रदेश र जिल्ला प्रहरीको गरी तीन वटा टोली घटनाको अनुसन्धान निरन्तर खटिएको जानकारी दिए । “दोषीलाई कानुनी दायरामा ल्याउने भनेकै प्रहरीले हो ।” उनले भने,“ दोषी उम्किन पाउँदैनन् ।” रासस