मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा थप ३९ हजार नयाँ सङ्क्रमित थपिए

भारतमा थप ३९ हजार नयाँ सङ्क्रमित थपिए


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप ३९ हजार ९७ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १३ लाख ३२ हजार १५९ पुगेको अधिकारीहरुले जनाएका छन् । 
 
कुल सङ्क्रमितमध्ये अहिले चार लाख आठ हजार ९७७ जना सङ्क्रमित अवस्थामै रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको १.३१ प्रतिशत भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
 
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये चार लाख २० हजार १६ जनाको मृत्यु भएको छ । तीमध्ये ५४६ जना पछिल्लो एक दिनमा थपिएका हुन् ।  पछिल्लो २४ घण्टामा कुल ३५ हजार ८७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या कम देखिएकाले अघिल्लो दिनको तुलनामा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या बढेको छ । 
 
भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड पाँच लाख तीन हजार १६६ पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा ४४.४५ करोड स्वाब परीक्षण गरिएको छ भने ४२ लाख ७८ हजारभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । एएनआई