मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर १९ करोड २५ लाख कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या ४१ लाख ३७ हजार नाघ्यो

विश्वभर १९ करोड २५ लाख कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या ४१ लाख ३७ हजार नाघ्यो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कोरोना भाइरसको संक्रमण सुरु भएयता हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या ४१ लाख ३७ हजार नाघेको छ । 
 
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख ३७ हजार ५२३ जनाको मृत्यु भएको छ । 
 
विश्वभर कुल सङ्क्रमितको संख्या १९ करोड २५ लाख २० हजार ६२५ जना रहेका छन् । विश्वभर तीन अर्ब ८९ करोड ९७ लाख ८६ हजार ३७१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 
 
सो विश्वविद्यालयले जुलाई २१ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित देशहरुको पहिलो नम्बरमा संयुक्त राज्य अमेरिका रहेको छ । अमेरिकामा कुल ३ करोड ५० लाख ८२ हजार ३३५ जनामा कोरोना पुष्टि भएकोमा ६ लाख २५ हजार ४०३ जनाको मृत्यु भएको छ ।    
 
यस्तै, भारतमा तीन करोड १२ लाख १६ हजार ३३७ जना संक्रमित भएकोमा चार लाख १८ हजार ४८० जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिलमा एक करोड ९४ लाख १९ हजार ४३७ संक्रमित भएकोमा पाँच लाख ४४ हजार १८० जनाको मृत्यु भएको छ । 
 
यस्तै, फ्रान्समा ५९ लाख ५२ हजार ३३९ संक्रमित भएकोमा एक लाख ११ हजार ७१५ जनाको मृत्यु भएको छ । यस्तै, रुसमा ५५ लाख ४६ हजार १६६ संक्रमित भएकोमा एक लाख ५० हजार ६५० जनाको मृत्यु भएको छ । 
                                                              
यस्तै, बेलायतमा ५५ लाख ४२ हजार ६३५ संक्रमित भएकोमा एक लाख २९ हजार १०९ जनाको मृत्यु भएको छ । यस्तै, टर्कीमा ५५ लाख ४६ हजार १६६ जना संक्रमित भएकोमा ५० हजार ६५० जनाको मृत्यु भएको छ ।
                                                                     
यस्तै, अर्जेन्टिनामा ४७ लाख ८४  हजार २१९ जना संक्रमित भएकोमा एक लाख २ हजार ३८१ जनाको मृत्यु भएको छ । यस्तै, कोलोम्बियामा ४६ लाख ६८ हजार ७५० संक्रमित भएकोमा एक लाख १७ हजार १३१ जनाको मृत्यु भएको छ । 
                                                 
यस्तै, इटालीमा ४२ लाख ९३ हजार ८३ संक्रमित भएकोमा एक लाख २७ हजार ८८४ जनाको मृत्यु भएको छ । यस्तै, स्पेनमा ४१ लाख ८९  हजार १३६ जना संक्रमित भएकोमा ८१ हजार १४८ जनाको मृत्यु भएको छ ।                                                             
                                                    
यस्तै, जर्मनीमा ३७ लाख ५४ हजार ८४६ जना संक्रमित भएकोमा ९१ हजार ४२३ जनाको मृत्यु भएको छ । यस्तै, इरानमा ३६ लाख ३ हजार ५२७ संक्रमित भएकोमा ८७ हजार ८३७ जनाको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा ।