मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेता रावलद्वारा सांसद् पदबाट राजीनामा

नेता रावलद्वारा सांसद् पदबाट राजीनामा


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । 
 
अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपाध्यक्ष रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद् पदबाट राजीनामा दिएको जानकारी दिए । 
 
सभामुख अग्निप्रसाद सापकोटालाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा भनिएको छ, ‘अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर हुने भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु ।’ 
 
नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक बनेका उपाध्यक्ष रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि नै सांसद् पदबाट राजीनामा दिएका हुन् । 
 
उनले पछिल्लो समयममा प्रतिनिधिसभाको विघटनदेखि पुनस्र्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म उच्च राजनीतिक नेतृत्व तहमा जनताको हितभन्दा निजी स्वार्थ देखिएको आरोपसमेत लगाएका छन् । रासस