मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

पेन्सलभेनियामा आविष्कार केन्द्रलाई ४५ लाख सहयोग

पेन्सलभेनियामा आविष्कार केन्द्रलाई ४५ लाख सहयोग


पेन्सिलभेनिया (अमेरिका)- राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ अमेरिकाको पेन्सिलभेनियामा दुईवटा कार्यक्रम आयोजना गरिएको छ । स्थानीय सामाजिक संघ–संस्था लगायत यहाँ वसोवास गर्दै आएका नेपालीहरुको सक्रियतामा आयोजित दुई कार्यक्रममा करिव ३८ हजार डलर (करिव ४५ लाख रुपियाँ) संकलन भएको छ । ब्रुक मेडो फर्म ह्यारिसवर्गमा आयोजित कार्यक्रममा २२ हजार पाँच सय १० डलर तथा एक्सटनमा आयोजित कार्यक्रममा १५ हजार सात सय ६८ संकलन भएको हो । 
 
वुद्धिराज कालाखेती र डा.केशव भण्डारीले संयोजन गर्नुभएको एक्सटनमा आयोजित कार्यक्रममा  पेन्सिलभेनिया नेप्लीज गुठी एशाोसिएसन र डेलाभर भ्याली नेपाली पाठशाला लगायतका स्थानीय संघ संस्थाले सहयोग गरेको थिए । एशोसिएसनको तर्फवाट सात हजार चार सय ३८ तथा पाठशालाको तर्फवाट एक हजार पाँच सय ५० समेत कार्यक्रममा जम्मा १५ हजार सात सय ६८ डलर संकलन भएको थियो । 
 
आविष्कार केन्द्रका संथापक डा.महाविर पुनले केन्द्रको अभियानमा सघाउन तयार सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
 
डा सुनिल नेपालले पुनको परिचय लगायत परोपकारी काममा सक्रिय आविश्कार केन्द्रको योगदान लगायत विषमा प्रकाश पार्नुभएको थियो भने डा वर्षा मोक्तान रायमाझीले सहभागी तथा प्रमुख अतिथि डा.पुनको स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 
सहयोगी संघ–संस्था तथा उपस्थितहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम संयोजक कालाखेतिले नेपालीहरुले डा पुनकै जस्तो राष्ट्र हीत तथा सामाजिक कार्यमा प्रवासी नेपालीहरुको निरन्तर सहयोग रहने प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।  
 
ह्यारिसवर्गमा आयोजित कार्यक्रममा डा पुनले नेपालमा कोभिड जोखिम नियन्त्रणमा आविष्कार केन्द्रले गरेका सहयोगी गतिविधि, निर्वाह गरेको भूमिका र केन्द्रका भावी कार्ययोजना लगायतका विषयमा उपस्थितहरुमाझ जानकारी गराउनुभएको थियो । पैसा संकलमा भन्दा ठोस तथा उचित कार्ययोजना निर्माणमा चुनौति छ, उहाँले ठट्यौली शैलीमा भन्नुभयो, त्यसका लागि काम गर्नुछ । 
 
कार्यक्रम सञ्चालक समेत रहेका भेषराज खत्री संयोजक रहेको सो कार्यक्रममा यदु वन्जाराले सहभागी तथा डा पुनको अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 
 
कार्यक्रमका लागि निशुल्क हल समेत उपलव्ध गराउने व्रुक मेडो फर्मले आविष्कार केन्द्रलाई सवैभन्दा वढी पाँच हजार एक डलर तथा एनआरएन पेन्सिलभेनिया च्याप्टर टीमले तीन हजार डलर सहयोग गरेको थियो । राज्यका दुवै स्थानमा आयोजना गरिएका कार्यक्रममा नेपालीहरुको वाक्लो उपस्थिति रहेको थियो भने सहभागीहरुले सादगी डा पुनको अभियानमा भविश्यमा पनि यस्तै सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । 
 
आविश्कार केन्द्रको सहयोगार्थ यहाँस्थित विभिन्न राज्यका नेपालीहरुको अनुरोधमा आयोजना गरिएका विभिन्न कार्यक्रममा डा पुन सहभागी हुँदै आउनुभएको छ । उहाँ आफूँ अध्ययन गरेको यूनिभर्सिटी अफ नेव्रास्काका पूर्व प्राध्यापक तथा डा पुनदारा स्थापीत हिमाञ्चल फाउण्डेशनका सहयोगी डा स्कोभको निधनपछि आयोजना गरिएको अन्तिम श्रद्धाञ्जलीसभामा सहभागी हुन गत मे २३ मा अमेरिका आउनुभएको थियो । 
 
केन्द्रका नाममा संकलित रकम सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस नामक संथामार्फत केन्द्रलाई हस्तान्तरण गरिने छ । दुवै कार्यक्रमका संयोजकहरुले संकलित रकम सोही संस्थाको वैंक खातामा जम्मा गरिसकिएको जानकारी दिनुभयो ।