मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष गोल्छाको आग्रह

फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष गोल्छाको आग्रह


कामाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् ।  नेपाल फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकलाई आज सम्बोधन गर्नुहुंदै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताए । 
 
अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढिसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउदै फ्रान्सेली लगानीकर्तालाई आग्रह गरे । 
 
अध्यक्ष गोल्छाले महासङ्घले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० ९नेट २०३०० का विषयमा पनि जानकारी गराए । नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको जानकारी गराउनुहुँदै विशेष गरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पु¥याउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसँग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएका छन । 
 
हालसम्म फ्रान्सबाट १०७ परियोजनामा करिब रु एक अर्बको लगानी प्रतिबद्धता आएको छ । व्यापार प्रवद्र्धन केन्द्रका अनुसार गत वर्ष फ्रान्ससँगको व्यापार घाटा करिब रु साढे आठ अर्ब बराबर छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र फ्रान्सको मेडेफ इन्टरनेशनल आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौँस्थित फ्रान्सेली दूतावास र पेरिसस्थित नेपाली दूतावासको सहयोग रहेको थियो । बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीको सहभागिता थियो । बैठकमा दुवै देशबाट विमानस्थल इञ्जिनीयरिङ, निर्माण, डिजिटल सेक्यूरिटी, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, पर्यटन, ऊर्जा, खाद्य प्रशोधन, अटोमोवाइल, र्यामिट्यान्सलगायत क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो ।
 
कार्यक्रमलाई संवोधन गर्नुहुँदै नेपालका लागि फ्रेन्सेली राजदूत फंस्वा–जाभिए लेजे र पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरी लाभ उठाउन आग्रह गर्नुभयो । आपसी लगानी विस्तार गर्न र निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुङ्गा हुने उहाँहरूको विश्वास थियो । 
 
महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजवूद पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल फ्रान्स विजजेश फोरम जस्ता मञ्चको अधिकतम प्रयोगमा जोड दिए । नेपाल बाह्य लगानीको भोको रहेकाले नेपालमा लगानी गर्न आग्रह गरे । सो अवसरमा नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै महासङ्घको अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन फोरमका सभापति आनन्द बगाडियाले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न महासङ्घले संयन्त्र निर्माण गरिरहेको जानकारी दिए । रासस