मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

भारतका चर्चित कलाकार दिलीपकुमारको निधन

भारतका चर्चित कलाकार दिलीपकुमारको निधन


नयाँ दिल्ली । भारतका चर्चित पुराना कलाकार दिलिपकुमारको बुधबार निधन भएको छ । वियोगान्त पात्रको रुपमा अभिनय गर्ने अभिनेताका रुपमा परिचित दिलीपकुमारको ९८ बर्षको उमेरमा निधन भएको हो । मुम्बइमा रहेको पिएल हिन्दुजा अस्पतालमा उपचार भइरहेका बेला उहाँको निधन भएको उहाँको उपचारमा संलग्न डा जालील परकारले पुष्टि गरे । 
 
कलाकार दिलीपकुमारका प्रवक्ता फैसल फारुकीले पनि उनको निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी दिए । श्वासप्रस्वासमा समस्या भएपछि उनलाई केही दिन अगाडि अस्पताल भर्ना गरिएको थियो ।
 
करिब ६ दशकभन्दा बढी समय चलचित्र जीवनमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए । उनको लोकप्रियता भने सन् १९४९ मा प्रदर्शनमा आएको चलचित्र अन्दाजबाट बढेको हो । उनले देवदास, नया दौर, मुग्ली ए आजम, गङ्गा जमुना, क्रान्ति र कर्माजस्ता चर्चित हिन्दी चलचित्रमा अभिनय गरेका थिए ।  
 
उनकी पत्नी सायरा बानु पनि बलिउड अभिनेत्री हुन् । उनीहरुका सन्तान भने छैनन् । सन् १९२२ को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा जन्मिएका दिलीपकुमारको सुरुको नाम भने युसुफ खान हो । 
 
भारतीय र हिन्दी चलचित्र क्षेत्रमा प्रवेश गर्ने क्रममा उनले आफ्नो नाम पनि परिवर्तन गरेर दिलीपकुमार राख्नु भएको हो । यस्तो अभ्यास अन्य कलाकारहरुले पनि गरेकाले उनले पनि त्यही गरेको बताइन्छ । 
 
उनको निधनप्रति कलाकार तथा राजनीतिज्ञलगायत धेरैले दुःख व्यक्त गरेका छन् । धेरैले उनलाई भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेताको संज्ञा पनि दिएका छन् । एएनआई