मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका विवाद, हिमालयखवरको प्रत्यक्ष प्रसारण भिडियोमा ३३ ०० प्रतिकृया, सुध्रिन आग्रह

एनआरएनए अमेरिका विवाद, हिमालयखवरको प्रत्यक्ष प्रसारण भिडियोमा ३३ ०० प्रतिकृया, सुध्रिन आग्रह

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क(अमेरिका)-  ‘माछा बजार जस्तो’ यो एनआरएनए एनसीसी अमेरिकाको न्यूर्योकमा आयोजित बार्षिक साधारण सभाको उद्घाटन सत्रमा भएको विवाद प्रति टिप्पणी गर्दै प्रेषित गरिएको प्रतिकृया हो ।
 
हिमालयखवरले एनआरएनए अमेरिकाको उक्त साधारण सभा र त्यहाँ भएको हो हल्ला र  विवाद हुदैं गर्दा करिव ४० मिनेटको भिडियो हिमालयखबर डटकमको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण देखाएको थियो । उक्त भिडियो अहिलेसम्म ५ लाख ५७ हजारले हेरेका छन् । उक्त भिडियोमा आज बुधबार बिहान ८ बजे सम्म ३ हजार ३ सय भन्दा वढी प्रतिकृया आएका छन् । 
अहिलेसम्म ५ लाख ५७ हजारले हेरेका छन् । उक्त भिडियोमा आज बुधबार ८ बजे सम्म ३ हजार ३ सय भन्दा वढी प्रतिकृया

अहिलेसम्म ५ लाख ५७ हजारले हेरेका छन् । उक्त भिडियोमा आज बुधबार ८ बजे सम्म ३ हजार ३ सय भन्दा वढी प्रतिकृया
अधिकांश प्रतिकृयामा साधारण सभामा भएको उक्त विवाद प्रति व्यंग्य गरिएको छ । ‘यस्तो संस्था वन्द गरिदिए हुन्छ’एक जनाको प्रतिकृया छ । 
 
अधिकांशले नेपालीको पारा जहाँ गएपनि उस्तै भन्ने आशयको प्रतिकृया दिएका छन् । ९९ प्रतिशत भन्दा वढी प्रतिकृयामा उक्त हो हल्लाको विरोध गरिएको छ । धेरेले नेपाली राजनीतिलाई समेत जोडेर प्रतिकृया दिएका छन् । हो होल्ला गर्ने प्रति व्यंग्य। गर्दै भनिएको छ, उहाँहरु अव नेपालको राजनीतिमा जान योग्य हुनुभएको छ ।
 
केही प्रतिकृयामा एनआरएनए अमेरिकालाई सुध्रिन आग्रह पनि गरिएको छ । गणेश पनुले लेखेका छन् ‘यूरोप या अमेरिकामा वस्ने नेपाली भन्दा नेपालमै वस्ने नेपाली धेरै विकसित छन् ।’ त्यस लगत्तै शंकर घिमिरेको प्रतिकृया छ ‘नेपाली भएको प्रमाण दिएछन अमेरिमा गएर पनि ।’ यस्ता थुप्रै प्रतिकृयाहरु त्यहाँ आएका छन् । 
 
नवनिर्वाचित कार्यसमितिलाई कतिखेर सपथ खुवाउने भन्ने विषयमा विवाद भएको थियो । एनआरएनए अमेरिका अध्यक्ष र सभा व्यवस्थापन समितिले गल्ती गर्दा समस्या आएको थियो । निर्वातमान कार्यसमिति असफल भई विदा भएको छ । 
 
यो हो हल्लाले साधारण सभानै ओझेलमा पर्यो । यसपछि पनि स सानो समुहमा त्यहां भएको कार्यप्रति टिकाटिप्पणी, विवाद भईरहेका थिए । साधारण सभामा के भयो, नवनिर्वाचित कार्यसमितिले के गर्यो यो औपचारिक रुपमा अहिलेसम्म सार्वजनिक भएको छैन ।