मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

तामाकोशीको सफलताले आत्मविश्वास बढाएको छ : प्रधानमन्त्री

तामाकोशीको सफलताले आत्मविश्वास बढाएको छ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन् ।  
 
कुल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गँर्दै प्रधानमन्त्रीले आफनै बलबुतामा विकासका थुप्रै काम गर्न सक्छौँ भन्ने विश्वासमा अभिवृद्धि भएको उल्लेख गरे । हरेक क्षेत्रमा बाह्य देशको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने दिशामा आयोजनाले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले ज्ञान, प्रविधिको विकास र विस्तारलगायतका क्षेत्रमासमेत महत्त्वपूर्ण योगदान गर्ने स्पष्ट पारे । जलविद्युत् क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ पनि आयोजनाले विशेष योगदान गर्ने प्रधानमन्त्रीको भनाइ थियो । 
 
आयोजना सम्पन्न हुनु ज्यादै खुसीको कुरा भएको जानकारी दिँदै प्रधानमन्त्रीले यसले समग्र दोलखावासीलाई मात्रै नभई समग्र देशलाई नै बहुआयामिक फाइदा गर्ने विश्वास व्यक्त गरे । आयोजनाको सफल निर्माणमा सहयोग गरेकामा प्रधानमन्त्री ओलीले दोलखावासी जनसमुदायप्रति धन्यवाद ज्ञापन गरे । आयोजनाका लागि सडक, प्रसारण लाइन, सवस्टेसनको निर्माणमा स्थानीय जनताको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विकास हामी सबैको साझा आवश्यकता भएको तथा सफलता उपलब्धि पनि समान रहेको बताए । 
 
आन्तरिक खपतका लागि मात्रै नभई निर्यातका लागि समेत आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्रीको कथन थियो । नेपालीको आफनै लागतमा बनेको हालसम्मकै ठूलो आयोजना सम्पन्न हुनु नै सबैभन्दा ठूलो खुसीको कुरा भएको उनले स्पष्ट पारे । मुलुकभित्र व्याप्त रहेको विद्युत्भार कटौतीको अन्त्यका लागि विगतमा बाह्य देशबाट खरिद गर्नुपरेको तथ्य पेश गर्दै प्रधानमन्त्रीले ठूला आयोजनाको सञ्चालनपछि त्यस्तो परिस्थितीको क्रमशः अन्त्य भएको र ऊर्जाका क्षेत्रमा क्रमशः आत्मनिर्भरताको बाटोमा अग्रसर भएको बताए । 
 
पहिलो चरणमा माथिल्लो तामाकोशीको एउटा मात्रै युनिट सञ्चालनमा आए पनि क्रमशः अन्य युनिटसमेत सञ्चालनमा आउने जानकारी दिँदै प्रधानमन्त्रीले देशको शिक्षा, स्वास्थ्य, औद्योगिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने र स्वच्छ ऊर्जाको पहुँच विस्तारमा थप सफलता हासिल हुने विश्वास व्यक्त गरे । दाउरा र ग्यासको चुल्हो क्रमशः विस्थापित गर्दै विद्युतीय चुल्होमा परिणत गर्न यस्ता आयोजनाले सहयोग पु¥याउने प्रधानमन्त्रीको भनाइ छ । 
 
विकास निर्माणका काममा ढिलाई भइरहेकाप्रति आपत्ति प्रकट गर्दै प्रधानमन्त्री ओलीले किन त्यस्तो भइरहेको छ भन्ने कुराको जाँच पड्ताल गरेर अन्य आयोजनामा त्यस्तो समस्या दोहोरिन नदिन सम्बद्ध पक्ष सचेत हुनुपर्नेमा जोड दिए । माथिल्लो तामाकोशीको लागत झण्डै दोब्बर हुनु आफैँमा दुःखद रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले एउटा परियोजनामा ढिलाइ हुँदा त्यसले पार्ने परोक्ष र प्रत्यक्ष प्रभाव असाध्यै ठूलो रहेकाले आगामी दिनमा यस्तो अवस्थामा सुधार ल्याउनु निर्देशन दिए । 
 
कुल रु १४ अर्ब निर्माण अवधिको व्याज लाग्ने भनिएकामा रु १८ अर्ब बढेर रु ३२ अर्ब पुग्नु, लागतसमेत सोही मात्रामा बढ्नुले ठूलो नोक्सानी भएको उनको भनाइ थियो । निर्माण कम्पनीको छनोट तथा काम गर्ने तदारुकताका कारण भएको  ढिलासुस्ती, भूकम्प र कोरोनाले पारेको प्रभावकाा कारण पनि आयोजनामा बिलम्ब भएकाले कम भन्दा कम समयमा काम गर्ने उपायको खोजी गर्दै विगतमा भएका कमजोरीबाट पाठ सिक्न समेत सबै पक्षको प्रधानमन्त्रीले ध्यानकर्षण गराए । 
 
पाँच वर्षअगाडि नै आयोजना सम्पन्न गर्न पाएको भए त्यसले देशको अर्थतन्त्रको विकास र विस्तारमा ठूलो फड्को मार्ने थियो भन्दै प्रधानमन्त्रीले परियोजनाको विलम्बले राष्ट्रलाई असाधारण क्षति पु¥याइएकामा चिन्ता व्यक्त गर्दै आगामी दिनमा विशेष ध्यान दिन निर्देश गरे । नेपाल टुकी देशबाट टुकीरहित देशमा परिणत हुँदै गरेको दृष्टान्त पेश गर्दे प्रधानमन्त्रीले केही प्रतिशत जनतामा मात्रै बिजुली पु¥याउन बाँकी रहेको र ती क्षेत्रमा समेत छिट्टै पुग्ने विश्वास व्यक्त गरे । 
 
उद्योग प्रतिष्ठानले मागे जति बिजुली उपलब्ध गराउन प्रसारण लाइनको अभावले नसकिएको सुनाउँदै प्रधानमन्त्रीले क्रमशः डिमाण्ड चार्ज तथा अन्य शुल्कसमेत न्यून गर्दै लगिने जानकारी दिए । बिजुली उत्पादन बढाएर उपभोक्तालाई सस्तोमा दिन सरकार प्रयत्नशील रहेको प्रधानमन्त्रीको भनाइ थियो । रासस