मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

गुट उपगुटको एनआरएनए अमेरिकाका नेपालीलाई चाहिएन

गुट उपगुटको एनआरएनए अमेरिकाका नेपालीलाई चाहिएन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क (अमेरिका ) – नआरएनए अमेरिकाको कोठे राजनीति, न्यूयोर्कमा भएको साधारण सभाको मञ्चसम्म पुगेको छ । नवनिर्वाचित कार्यसमितिलाई कतिवेला सपथ गराउने जस्तो अतिनै समान्य विवादमा जुन वितण्डा भयो यसले म एनआरएनए अमेरिकाको सदस्य हुँ भन्न पनि लाज लाग्ने अवस्थामा पुर्याएको छ । यसमा को दोषी थियो, कसले गर्दा के भयो , यो सुन्नु छैन । न्यूयोर्क साधारण सभामा जे भयो, समाजिक संजालमा जे देखियो त्यही सत्य हो । 

साधारण सभा मञ्चसम्म पुगेको यो कोठे राजनीतिले अहिले एनआरएनएको आईसीसी देखि एनसीसी सम्म विभिन्न तहमा हुने पदाधिकारीको बामपुड्के हैसियत पनि देखाईएको छ । सभामा उपस्थित आईसीसी उपाध्यक्षहरु, सचिव, क्षेत्रिय संयोजक, एनआरएनए अमेरिकाका वर्तमान, नवनिर्वाचित र पुर्व कार्यसमितिका पदाधिकारीको धरातल, अयोग्यता, समाजमा पकड कतिरहेछ यो पनि उदांगो भएको छ । एनआरएनए अमेरिकालाई कस्ता व्यक्तिले नेतृत्व दिईरहेका रहेछन भन्ने पनि स्पष्ट भएको छ । उक्त होहल्लाको पछिको स्पष्ट सन्देश यो गुट उपगुटको एनआरएनए अमेरिका हामीलाई चाहिदैंन भन्ने हो । कुनै गुटमा नलागि दुई पटक आईसीसीमा चुनाव हारेका खगेन्द्र जीसी मात्र त्यहाँ अपवादका रुपमा सहभागी थिए । 


उक्त साधारण सभामा जे भयो त्यो हेर्दा लाग्छ त्यहाँ कोही नेपाली समुदायका मुद्दाका पक्ष उठाउन गईरहेको थिएन । नागरिकताको निरन्तरता, नेपाली समुदायका लागि उठाउनु पर्ने मुद्दाका वारेमा कसैलाई मतलव थिएन । कोठे राजनीतिको जोड घटाउका लागि त्यहाँ भिड जम्मा भएको थियो । न्यूयोर्क भेलामा यस्तो लफडा हुन सक्छ भन्ने पुर्वनुमान भने थियो । आईसीसीमा अमेरिकावाट प्रतिनिधित्व गर्ने डेलिगेट चयन विवादले लफडा हुने संकेत दिईसकेको थियो । 
 
निर्वतमान नेतृत्वले भव्यरुपमा आफ्नो पदभार हस्तान्तरण गर्नु पर्ने थियो । नेतृत्व हस्तातरण कसलाई र कसरी भयो यस आधारमा निवर्तमान नेतृत्वको मूल्यांकन हुन्छ । यस आधारमा सुनिल शाह र उनको टिम असफल भएर विदा भएको छ । वरिष्ठ उपाध्यक्ष हुदांनै सुनिल डेलिगेट बार्गेनिगंको आरोपमा विवादमा परेका थिए । यद्यपी यसलाई सुनिलले झुठ भन्दै अस्विकार गरेका छन् । तर, यसपटक डेलिगेट चयनकै विषयमा सुनिलको कार्यसमिति विवादमा परेको थियो । डेलिगेट चयनको विषयमा कार्यसमितिले गर्न नहुने विरोधाभास पुर्ण निर्णय गर्यो । पछि आईसीसीले हस्तक्षेप गर्नु पर्ने अवस्था आयो । समग्रमा निर्वतमान कार्यसमितिको दुई बर्षको कार्यकाल मूल्यांकन गर्ने हो भने यो अर्को असफल कार्यसमिति हो । एनआरएनए अमेरिकाको मञ्चमा भएको हो हल्लाले यो कार्यसमितिको असफलता पुष्टि गर्छ । 

 
न्यूयोर्कको घटनाले अमेरिका वस्ने नेपाली समुदायले टाउको झुकाउनु पर्ने अवस्था वनेको छ । म एनआरएन हुँ तर, न्यूयोर्कको भेलामा जाने एनआरएन चांही होइन भन्नुपर्ने अवस्था आएको छ । यो दुर्भाग्यपुर्ण हो ।

(एनआरएनए अमेरिकाको न्यूयोर्कमा भएको साधारण सभाको भिडियो क्लिपको लिंक यसैसंग संलग्न छ )