मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विधायक टेरी मेजासँग नेपाली डेमोक्रेटहरूको अन्तरकृया

विधायक टेरी मेजासँग नेपाली डेमोक्रेटहरूको अन्तरकृया

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – अमेरिका स्वतन्त्र भएको अवसरमा डेमोक्रेटिक पार्टीमा आवद्ध नेपाली समुदायका सदस्यहरुले शनिबार टेक्ससकी विधायक टेरी मेजासँग अन्तरकृया गरेका छन् । 
 
युलेसको ठमेल गार्डेन रेस्टुरामा आयोजित अन्तरकृया कार्यक्रममा विधायक टेरीले आफू नेपाली समुदायसँग निकै नजिक रहेको र समुदायले मायाँ समेत गर्दै आएकोले अल्पसंख्यामा रहेका आप्रवासीको हितमा आफूले काम गर्ने बताइन् । उनले टेक्ससको तल्लो सदनमा  आफ्नो दोस्रो कार्यकाल चलिरहेको सन्दर्भ उल्लेख गर्दै विजयी बनाउन नेपाली समुदायले गरेको योगदानको समेत स्मरण गरिन् ।
 
सो अवसरमा नेपाली समुदायको तर्फबाट ड्राइभिङ्गमा नेपाली भाषा, नेपाल डे का लागि औपचारिक घोषणा, युलेको नेपाली मन्दिरमा जाने सडकको नेपाली नाममा नामाकरणका लागि प्रस्ताव राखिएको थियो । नेपाली समुदायलाई अमेरिकी राजनीतिमा अग्रसर गराउन सकृय प्रभात दीक्षित, नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा, हिमालयन डेमोक्रेटिक क्लबका अध्यक्ष मोहन ज्ञवाली, शैलेश आचार्य, सुदीप अधिकारी, हरि अधिकारी लगायतले टेरीसँग विभिन्न समसामयीक विषयमा छलफल गरेका थिए । 
 
टेरीले आफ्नो तर्फबाट नेपाली समुदायले राखेका चासो, सरोकारलाई टेक्सस हाउसमा उठाउने वचन दिएकी छिन् । टेरी डेमोक्रेटिक पार्टीको तर्फबाट टेक्सस हाउसमा निर्वाचित सांसद हुन् । अमेरिकामा संघीय शासन व्यबस्थाको अतिनै राम्रो अभ्यास रहेको हुँदा राज्यको संसदसँग प्रशस्त अधिकार छ ।