मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डा शशांक, प्रकाशमान र बिमलेन्द्र विचको वैठकमा खास केही भएन

डा शशांक, प्रकाशमान र बिमलेन्द्र विचको वैठकमा खास केही भएन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ- केही दिन अघि कांग्रेसका तीन नेता डा शशांक कोइराला, प्रकाशमान सिंह र विमिलेन्द्र निधी विच वैठक वस्यो । यी तीन नेता विचको वैठकमा के भयो ? तीन नेता निकट कांग्रेस नेता भन्छन् , केही पनि भएन । 
 
तीन जना नेता कांग्रेस सभापतिका आंकाक्षी हुन् । प्रकाशमान र विमिलेन्द्रले सभापति पदका लागि दौडधुप वढाएका छन् । सभापतिमा दावी नछाड्ने अडान व्यक्त गर्दै आएका डा शंशांक भने पार्टीलाई चलायमान वनाउन मिलेर जानुपर्ने पक्षमा छन् । 
 
उक्त बैठकमा पनि डा शशांकले त्यही भने । हामी मिल्नु पर्छ कांग्रेसलाई चलायमान वनाउनुपर्छ त्यसका लागि शेरबहादुर देउवावाट संभव छैन अर्को व्यक्ति नेतृत्वमा आउनै पर्छ, डा शशांकको भनाई उधृत गर्दै ति नेताले भने । 
डा शशांकले पार्टीलाई चलायमान वनाउन अब नयां विचार र प्रकृयावाट अगाडी वढ्नु पर्ने आफ्नो मुद्दा रहेको कांग्रेस कार्यकर्तालाई वताउंदै आएका छन् । देश विकासका लागि डा शशांकले आधुनिक र वैज्ञानिक कृषि, भुमिहिनका लागि भुमिबैंक, पुर्वाधार निमार्ण लगायतमा जोड दिदां देश विकास र जनताको जीवनस्तरमा सुधार गर्न सकिने धारणा राख्दै आएका छन् ।
 
केही ब र्ष अघि अमेरिका आउंदा उनले दिएका अभिव्यक्तिले धेरै नेपाली समुदायको मन जितेका थिए । 
 
त्यसवेला आकासमा हांसको बथान भि आकारमा उड्नुको कारण ब्याख्या गर्दै उनले भनेका थिए । भि आकारमा उड्दा जुन हांस अगाडी उड्छ त्यसले पछाडीका हांस लागि हावाको वेग कम गरेर सजिलो वनाउने गरेको उदाहरण दिएका थिए । नेतृत्व गर्ने पनि अगाडी उड्ने हांस जस्तै हुनुपर्ने उनको धारणा थियो ।