मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

डेलिगेट चयन विवाद, आइसिसी अध्यक्ष कुमार पन्तद्वारा निर्वाचन रोक्न निर्देशन

डेलिगेट चयन विवाद, आइसिसी अध्यक्ष कुमार पन्तद्वारा निर्वाचन रोक्न निर्देशन


अमेरिका । एनआरएनए आइसिसीले हस्तक्षेप गरेपछि एनआरएनए अमेरिकाबाट आइसिसीमा प्रतिनिधित्व गर्ने डेलिगेट चयन प्रक्रिया तत्काललाई रोकिने भएको छ । 
 
एनआरएनए अमेरिकाले आइसिसी डेलिगेट चयनका लागि दुई विरोधाभासपूर्ण निर्णय गरेपछि केन्द्रले हस्तक्षेप गर्नु परेको हो । आइसिसी अध्यक्ष कुमार पन्तले एनआरएनए अमेरिकालाई चुनाव प्रक्रिया रोक्न निर्देशन दिई पत्र पठाएका थिए । 
 
आइसिसी अध्यक्षको पत्र आएकाले प्रक्रिया पुर्याएर चुनाव रोक्ने निर्णय सार्वजनिक गर्ने निर्वाचन समितिका एक सदस्यले बताए । डेलिगेट छनौटमा दुई विरोधाभासपूर्ण निर्णय गरेपछि एनआरएनए अमेरिका विवादमा परेको थियो । 
 
पद सकिनैै लागेको वर्तमान कार्यसमितिप्रति व्यापक आलोचना भएको थियो । एनआरएनए अमेरिकाले नै आफ्ना निर्णयलाई काटिने गरी समानान्तर संरचना बनाएको थियो । डेलिगेट छान्ने प्रक्रिया अब नयाँ कार्यसमिति आएपछि उसले नै गर्ने बताइएको छ । 
 
अमेरिका एनआरएनए एनसिसी अमेरिकाबाट आइसिसीमा खुलाबाट प्रतिनिधित्व गर्ने डेलिगेटका लागि ३० जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी शुल्कबापत उनीहरुले १०० अमेरिकी डलरसमेत बुझाएका थिए । उनीहरुको उम्मेदवारी अब के हुन्छ त्यो भने अन्यौल छ ।