मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका डेलिगेट छनौटमा थप अन्यौल

एनआरएनए अमेरिका डेलिगेट छनौटमा थप अन्यौल

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । एनआरएनए एनसिसी अमेरिकाको विरोधाभासपूर्ण निर्णयले आइसिसीमा प्रतिनिधित्व गर्ने डेलिगेट छान्ने कार्यमा अन्यौलता थपिएको छ । 
 
निर्वाचन समितिले डेलिगेट छान्ने प्रक्रिया अगाडि बढाइरहेका बेला एनआरएनए अमेरिकाले अन्यौलता थपिने गरी तीन सदस्य समिति बनाएको थियो । 
 
निर्वाचन समितिले शुक्रबार डेलिगेट छनौटका लागि निर्वाचन तालिका अगाडि बढाइरहेकै बेला तीन सदस्य समिति बनाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
 
कार्यबाहक निर्वाचन संयोजक तथा एनआरएनए अमेरिका कानुनी सल्लाहकार समितिमा समेत रहेका बासु फुलाराद्वारा वर्तमान र नवनिर्वाचित कार्यसमितिलाई सम्बोधन गर्दै लेखिएको पत्रमा एनआरएनए अमेरिकाको बोर्ड बैठकले दिए जिम्मेवारीअनुसार डेलिगेट निर्वाचन प्रक्रिया अघि बढ्ने उल्लेख छ । 
 
एनआरएनए अमेरिकाको दोहोरो विरोधाभासपूर्ण निर्णयले डेलिगेट छनोटमा अरु जटिलता थपेको छ । एनआरएनए अमेरिकाले बनाएको तीन सदस्य समितिले अहिलेसम्म डेलिगेट छनौट प्रक्रियाबारे केही जानकारी दिएको छैन । 
 
हेर्नुहोस् निर्वाचन समितिका कार्यबाहक संयोजक बासु फुलाराको पत्र ।
 
जुन २५, २०२१ 
 
श्री अध्यक्षज्यू, नवनिर्वाचित अध्यक्ष तथा वर्तमान र नवनिर्वाचित कार्यसमिति
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका;
 
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको महाधिवेशनले संघभित्रका सबैखाले निर्वाचन गराउने जिम्मेवारी निर्वाचन आयोगलाइ दिएको छ। यो जिम्मेवारीमा हामीले भूमिका निर्वाह गर्दै आएका छौँ।
 
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन प्रक्रिया सुरु भएपछि अन्तराष्ट्रिय परिषदको संसोधित बिधान २०२१ आएकाले त्यसलाई पनि अन्तराष्ट्रिय अध्यक्ष कुमार पन्तसमेतको सहजीकरणमा सो परिवर्तित कुरा पनि थप गरेर एनसीसी अमेरिकाको निर्वाचन २०२१ सम्पन्न भएको हो। निर्वाचन आयोगले नवनिर्वाचित कार्यसमितिलाइ सपथ ग्रहण तथा पदस्थापन गराउने कार्य नवनिर्वाचित कार्यसमिति समेतको संयोजनमा गर्नुपर्ने भएकोले सो प्रक्रिया पनि हुँदैछ।त्यसपछि निर्वाचनको हाम्रो जिम्मेवारीमा रहेको एउटा  प्रक्रिया पुरा हुन्छ।
 
यसैबिच वर्तमान कार्यसमिति बैठकको निर्णयले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदबाट अन्तराष्ट्रिय महाधिवेशन २०२१ मा पठाउनु पर्ने २५% प्रतिनिधि सदस्य संख्याले हुन आउने ४७ जनाको निर्वाचन गराइदिन अनुरोध गर्दै पठाएको इमेल अनुसार निर्वाचन आयोगले सो प्रक्रिया पनि समयमै सुरु गरेको छ। निर्वाचनको कार्यतालिका समेत प्रकाशित गर्दै पठाइएको छ। 
 
संघको इतिहासमा बिश्वमा नै पहिलो पटक गर्नुपर्ने २५% प्रतिनिधिका लागि हुन् आउने ४७ जना प्रतिनिधिहरुको निर्वाचन गराउन आयोगले चयन बिधि बनाउन प्रक्रिया सुरुगर्यो। हामीले बिधानमा भएको ब्यबस्था र यदि भएमा नियमावलीको समेत अध्ययन गरेर एउटा बिधि तय गर्ने हो। त्यसका लागि हामीले संघको अन्तराष्ट्रिय परिषदको बिधान र राष्ट्रिय समन्वय परिषद अमेरिकाको बिधानको अध्ययन गर्यौं। दुवै बिधानको ब्यबस्था अनुसार एउटा बिधि तय गरेर जुन २२, २०२१ मा जुन २४, २०२१ दिनको ५ बजे (पूर्वीय समय) भित्रमा विकल्प भएमा त्यो समेत पठाउन एनसीसीलाइ पठाइयो। यसका साथै सो सूचना मतदाताहरु र संचार माध्येमहरुमा समेत पठाउन अनुरोध गरिएको थियो। हाम्रो विश्वास छ एनसीसीले सबैलाई सूचित गरेर सहयोग गरेको नै होला।
 
निर्वाचन प्रक्रियामा तोकिएको समयमा मागिएको सुझाव कार्यसमितिको निर्णय अनुसार हामीलाई प्राप्त भएन। तर तीन सदस्य कमिटी भनेर सूचना प्रकाशित गरेको कुराप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। एनसीसीले पठाएको पूर्वनिर्णय अनुसार आयोगले आवश्यक संचार र परामर्शको लागि अध्यक्ष र महासचिव मात्र हो। अन्यलाई परामर्श गर्नुपर्ने कुनै बैधानिक कारण देखिएन। तर पनि हामीले उहाँहरुसँग आवश्यकता भएमा या परेमा सम्पर्क गर्नेछौं। यतिमात्र होइन एनसीसी अध्यक्ष सुनिल साह, संघका क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्रीय उपसंयोजक राम पोख्रेल र अन्तराष्ट्रिय सचिव गौरी जोशी, महासचिव हेमराज शर्मा, उपाध्यक्षहरु सोनाम लामा, रविना थापा, अध्यक्ष कुमार पन्तसँग पनि आवश्यकता अनुसार सम्पर्क गरिने वा गरिएको कुरा समेत जानकारी गराइन्छ। 
 
साथै यो निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्न हामी आवश्यकता अनुसार एनसीसी अध्यक्ष, महासचिव, नवनिर्वाचित कार्यसमिति, संचार माध्यम, मतदाता, पब्लिक सबैसंग संचार, सुझाव र परामर्श लिनेछौं। यसमा यहाँहरु सबैको सहयोग र सद्भाव हुनेनै छ भन्ने हाम्रो विश्वास छ।
 
बाशु फुलारा
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोग
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका