मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

आईसीसी डेलिगेट छान्ने प्रकृया सार्वजनिक

आईसीसी डेलिगेट छान्ने प्रकृया सार्वजनिक

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिका निर्वाचन समितिले आईसीसीमा प्रतिनिधित्व गर्ने डेलिगेट चुनावको प्रकृया मोड्यालिटी सार्वजनिक गरेको छ ।  एनसीसी अमेरिका र आईसीसी दुवै विधान, व्यवहारिकता लगायतका पक्षलाई आधार लिई डेलिगेट चुनावको प्रकृया सार्वजनिक गरिएको समितिले जनाएको छ । 
 
आईसीसीमा प्रतिनिधित्व गर्ने डेलिगेट चयनका लागि एनआरएनए अमेरिकाको कार्यसमितिले निर्वाचन समितिलाई पुर्ण अधिकार दिएको थियो । यही आधारमा डेलिगेट निर्वाचनको सुचना सार्वजनिक गरिएको हो । 
 
एनसीसी र आईसीसी दुवैको विधान पालना हुने गरि एनआरएनए अमेरिका बोर्ड बैठकले दिएको अधिकार समेत प्रयोग गरी डेलिगेट चुनाव सम्वन्धि सुचना सार्वजनिक गरिएको हो कार्यवाहक निर्वाचन संयोजक वासु फुलाराले भने । 
 
कसैसंग यो भन्दा राम्रो मोड्यालिटी छ, भने विहिवार सांझसम्म सुझाव दिए यसमा पनि छलफल गर्न तयार रहेको फुलाराले जानकारी दिए । निर्वाचन संयोजक विश्व बराल केही दिनका लागि विदामा वसेका छन् । 
 
निर्वाचन समितिले उक्त सुचना निकालेपछि यसको विरोध पनि शुरु भएको छ । आईसीसी सचिव गौरीराज जोशीले फुलारालाई इमेल पठाई यो प्रकृयाको विरोध गरेका छन् । उनले पठाएको इमेलमा आईसीसी र एनसीसी विधानमा मतभेद आए आईसीसीको विधान मान्नुपर्ने व्यवस्था रहेको उल्लेख गरेका छन् । 
 
एनसीसी एनआरएनए अमेरिकाका केही बोर्ड सदश्यपनि यो प्रकृया ठिक नभएको भन्दै निर्वाचन समिति हटाउनुपर्ने सम्मको माग राखेका छन् । 
 
विरोध आएको छ तर, कसैले पनि अव कुनै प्रकृयामा अनुसार डेलिगेटको चुनाव गर्ने हो यसको मोड्यालिटी दिएका छैनन खाली विरोधमात्र गरेका छन् भन्ने निर्वाचन समितिको वुझाई छ । आईसीसीको विधान मान्नुपर्छ यसमा दुई मत छैन तर, यो भन्दैमा एनसीसीको विधान च्यातेर फालिदिने फुलाराले प्रश्न गरे । फुलारा एनआरएनए  अमेरिकाका कानुनी सल्लाहकार पनि हुन् I 
 
आईसीसी र एनसीसीको विधानमा एकरुपता छैन । आईसीसीको नयां विधान केही महिना अघि देखि मात्र लागु भएको हो । त्यसैले अहिले समस्या आएको हो । विधान संशोधन साधारणसभावाट गर्नु पर्छ यसले गर्दा पनि केही विरोधाभास आएको हो । 
 
निर्वाचन समितिले आईसीसी अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतलाई अमेरिकावाट प्रतिनिधित्व गर्ने डेलिगेको चुनावका वारेमा कुनै उपयुक्त मोड्यालिटी छ भने सुझाव दिन आग्रह पनि गरेको छ । 
 
कुनै मोड्यालिटी पनि नल्याउने विरोध पनि गर्ने यसको कुनै अर्थ छैन निर्वाचन समितिका सदश्यले भने ।
 
एनआरएनए अमेरिकाले ४७ डेलिगेटका लागि चुनाव गर्न पत्र पठाएको थियो । निर्वाचन समितिले एनसीसी अमेरिकाको विधान अनुसार सवै च्याप्टरवाट एक जनाको प्रतिनिधित्व सुनिश्चित हुने गरी च्याप्टरको वोर्डलाई एउटा डेलिगेट छान्न अधिकार दिईएको छ । बांकी १८ डेलिगेटका लागि चुनाव हुने छ । यसका लागि पनि चार क्षेत्रमा बांडिएको छ । 
 
यस अघि एनआरएनए अमेरिका बोर्डले चुनाव जितेका कार्यसमितिका पदाधिकारी सदश्य सवैलाई डेलिगेट मान्ने निर्णय गरेको थियो । 
 
आईसीसीको व्यवस्था अनुसार ६५ प्रतिशत डेलिगेट एनसीसीले विद्यानमा उल्लेख भएअनुसार तोक्छ । १० प्रतिशत विभिन्न संघ संस्थाका प्रतिनिधि समेतलाई समेटेर कार्यसमितिले मनोनयन गर्छ । बांकी २५ प्रतिशतमा चुनाव गर्नु पर्ने प्रावधान छ ।