मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूचना प्रविधि   

शेयरमा लगानी गर्दा बिर्सन नहुने तीन शब्द : बाइ, होल्ड एन्ड सेल

शेयरमा लगानी गर्दा बिर्सन नहुने तीन शब्द : बाइ, होल्ड एन्ड सेल

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका– शेयर बजारम मूल्य घटबढ लाई कसरी लिने ? अमेरिका केही बर्ष देखि शेयर किनवेच गर्दै आएका ओजेस उप्रेती भन्छन् बजारमा जव रिउमर अर्थात हल्ला चल्छ मूल्य माथि जान्छ वास्तविकता आए पछि घट्छ । 
 
हल्ला जे पनि हुन सक्छ । विश्वमा कच्चा तेलको माग वढ्दै छ भन्ने रिउमर आउंछ तेल कम्पनीका शेयर बढ्छन् । मानिसहरु घुम्न निस्कने क्रम वढ्न थाल्यो भने कु्रज, एयरलाइन्स लगायतका कम्पनीको शेयरमा उछाल आउंछ । पछिल्लो एउटा उदाहरण कोभिड १९ को भ्याक्सिन वन्ने भन्ने हल्ला आएपछि औषधी वनाउने ओसिजीएन इन्क कम्पनीको शेयर मूल्य बढ्नु हो । ह्वात्त वढेको केही दिन पछि यो कम्पनीको शेयर मूल्यले केही माथि चढेर स्थिरता लियो । 
 
त्यसो भए हल्लाकै भरमा शेयर किन्ने हो त ? टेक्ससमा रिभल्भ क्यापिटल एण्ड इन्भेष्टमेण्ट कम्पनी स्थापना गरेर व्यस्थित रुपमा दैनिक शेयर बजारमा चल्दै हेर्दै आएका ओजेसको सुझाव छ, हल्लाका भरमा लगानी गर्ने भने होइन,  शेयर किनवेच गर्दा समय र मेहनत (टाइम एण्ड एफर्ट) लगाउनु पर्छ ।  
शेयर लगानी गर्नु अघि सुचना थाहा पाउनु पर्यो यसका लागि मेहनत चाहिन्छ, अनुसन्धान र सुचना लिन समय दिनु पर्छ, ओजेस भन्छन् त्यस पछिमात्र कम्पनीका वारेमा भित्र र वाहिरको अवस्था थाहा हुन्छ । हावाका तालमा शेयरमा लगानी गर्नु जोखिम हो डुब्न पनि सक्छ । 
 
आर्थिक सिद्धान्त अर्थात इकोनोमिक थ्यौरी जहिले पनि एउटा सवैपक्ष उही अवस्थामा रहे के हुन्छ भन्ने मान्यतामा वनाइन्छ । तर, यर्थाथमा यस्तो हुदैन परिवर्तन हुन्छ परिवर्तन के हुनसक्छ यो जान्न टाइम एण्ड एफर्ट लगाउनु पर्छ । 
 
अहिले अमेरिकामा जो वाइडेनको सरकार छ ।  उनको पार्टीले क्लिन इनर्जी, ब्याट्रीवाट चल्ने मोटरलगायत पुर्वाधार विकास जस्ता क्षेत्रमा जोड दिएको छ । यसले गर्दा यस्ता कम्पनीको शेयर बढ्न सक्छ । बजारमा प्रभाव पार्ने पक्ष केही न केही भई नै रहन्छन भन्ने यो उदाहरण हो । 
 
अमेरिकाको शेयर बजारमा नेपाली समुदायको लगानी गर्ने क्रम वढ्दो छ । प्रत्येक शहरमा शेयर बजारका वारेमा लगानी गर्ने कोही न कोही भेटिन्छन् । शेयर लगानीकर्ता नेपाली समुहले सामाजिक संजालमा रविनहुड नेपाली समुह वनाएर जानकारी सुचना लिने दिने गरिरहेका छन् । रविनहुड अहिले शेयर कारोवारका लागि लोकप्रिय प्लेटफर्म हो । 
शेयर बजारमा चासो राख्नु राम्रो हो यसले वित्तीय साक्षरता वढाउंछ, समग्रमा जे भएपनि लगानी गर्नु राम्रो हो ओजेस भन्छन् तर, शेयर बजारमा आउंदा धैर्यता हुनुपर्छ । रातो देख्दा अर्थात घट्दा आत्तिनु हुदैंन, एउटा समयमा बजारले नयां रेकर्ड वनाउंछ अमेरिका खरर्बौ डलरको अर्थतन्त्र भएको देश हो । त्यसैले प्रत्येक दिन लगानी लागि उपयुक्त दिन हो र ढिलो चांडो भन्ने हुदैंन । तर, फेरी पनि समय र मेहिनत चाहिन्छ धैर्यता हुनुपर्छ । 
 
तर, शेयर किन्दा छिटो समयमा विक्री गर्ने हो कि लामो समय राख्ने हो भन्ने थाहा पाउनु पर्छ  ओजेस भन्छन् । उनका अनुसार शेयरमा लगानी गर्दा विर्सन नहुने तीन शव्द छन् वाई, होल्ड र सेल । वाई अर्थात किन्ने निर्णय सुचना, समाचार र रिउमरका आधारमा हुन्छ । यसमा कतिपय मिमी स्टक हुन्छन् । एएमसी, गेम स्टप यस्तै मिमी शेयर हो । हलमा मानिस फिल्म हेर्न गएका छैनन तर, भविष्यमा बढ्न भन्ने हल्लाकै आधारमा शेयर मूल्य बढेर ६० डलर भन्दा वढी चढ्यो । 
 
दोस्रो होल्ड हो । यो पनि सुचनाकै आधारमा गर्ने हो । घटेको कम्पनी भविष्यमा केही परिवर्तन हुदां वढ्न सक्छ । कुनै वाहिरी कारणले घट्न सक्छ । परिवर्तन के हुन सक्छ त्यसैले यो हेरेर होल्ड राख्ने वा विक्री गर्ने निर्णय गरिन्छ । आफ्नो फाइदा निश्चित गरेपछि शेयर विक्री गर्ने हो । 
शेयर बजारमा कसरी प्रवेश गर्ने ? ओजेसका अनुसार शुरुमा मार्जिन नलिई सोझो रुपमा शेयर किनवेच गर्नु उपयुक्त हुन्छ । यसमा जोखिम कम हुन्छ । दोस्रो मार्जिन हो । मार्जिन भनेको ब्रोकर कम्पनीको पैसा सापटी लिएर शेयर किन्ने हो । तर, दैनिक रुपमा किनवेच नगर्ने हो भने मार्जिन लिदां जोखिम हुन्छ । वेफाइदा हुन सक्छ ।

मार्जिन लिएपछि ब्याज तिर्नु पर्छ, मार्जिन कल आएपछि पैसा नतिरे ब्रोकर कम्पनी आफैंले शेयर विक्री गरिदिन्छ । अर्को अप्सनमा खेल्ने हो । यो अलि प्राविधक हुन्छ  र बढी जोखिमयुक्त छ । तर, बढी फाइदा पनि यही हुन्छ । शेयर बजारलाई राम्रोसंग वुझेपछि मात्र अप्सन खेल्नु उपयुक्त हुन्छ । अप्सनमा लगानी गर्नु अघि उक्त कम्पनीको शेयरको कारोवार प्रवृत्ति अध्ययन गर्नु पर्छ । 

 
बजारमा सस्ता पेनी शेयर पनि छन् । पेनी शेयरमा वढी जोखिम हुन्छ । एक बर्ष पछि मूल्य बढेन भने यि शेयर बजारवाट हराएर जान्छन् । चीनका कम्पनीका शेयरमा पनि अहिले आकर्षण छ । नियो, ली, विवाईडीडीआई, विस् जस्ता कम्पनीका शेयर यसका उदाहरण हुन् ।  चीन दोस्रो ठुलो अर्थतन्त्र भएको देश हो । त्यहांका कम्पनीको संभावना पनि छ । तर, यहां जोखिम पनि हुन्छ । ति कम्पनीले कहिले काहीं गलत एकाउन्ट देखाउंदा स्टक एक्स्चेञ्जले हटाईदिएका उदाहरण पनि छन् ।