प्रवास

भारतमा अझै पनि दैनिक ८० हजार सङ्क्रमित

प्रकाशित |
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । 
 
सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार थप ८० हजार ८३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।  
 
“एकैदिनमा यति मानिस सङ्क्रमित भएको ७१ दिनपछिकै सबैभन्दा थोरै हो,” केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्ला केही दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको देखिएको छ । 
 
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड ९४ लाख ३९ हजार ९८९ पुगेको छ । सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा दैनिक ५ प्रतिशतले कमी हुँदै आएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 
 
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ७० हजार ३८४ पुगेको छ । ती मध्ये तीन हजार ३०३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 
 
भारतमा एकै दिनमा एक लाख ३२ हजार ६२ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या दुई करोड ८० लाख ४३ हजार ४४६ पुगेको छ ।  
 
कोरोना भाइरसविरुद्ध भारतभर अहिलेसम्म २५ करोड ३१ लाख ९५ हजार ४८ खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ ।  एएनआई
हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया