मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चीनमा ग्यास बिस्फोट, १२ जनाको मृत्यु

चीनमा ग्यास बिस्फोट, १२ जनाको मृत्यु


वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
 
स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ । 
खोज तथा उद्धार अधिकारीहरुले दिउँसोसम्ममा बिस्फोटस्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् । 
 
शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६.३० बजे उक्त बिस्फोट भएको थियो । बिस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो । खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने यकिन भइनसकेको पनि अधिकारीहरुले बताएका छन् । एएनआई