मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतीय नागरिकलाई भ्रमण गर्न दिन भारतको चीनसँग आग्रह

भारतीय नागरिकलाई भ्रमण गर्न दिन भारतको चीनसँग आग्रह


नयाँ दिल्ली । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेकोसमेत बिहीबार जानकारी दिएको छ ।
 
दुवै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ । भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो । 
 
भारतले विशेष गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूका लागि सहजै आवतजावत गर्न दिन चाहेको मन्त्रालयले उल्लेख गरेको छ । 
 
चीनले पनि काम तथा अध्ययनका लागि चीन आउन चाहने भारतीय नागरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो । बिहीबार भारतसमेतले आफ्ना नागरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुवै पक्षका लागि बाटो खुल्ने भएको छ । एएनआई