मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

हिमालयन सिद्धमहायोगानुष्ठानको प्रभावकारिता

हिमालयन सिद्धमहायोगानुष्ठानको प्रभावकारिता


सन् २०२१ को मे २५ बुद्ध जयन्तीका दिनदेखि सुरु भएको १५ दिने हिमालयन सिद्धमहायोगानुष्ठानको आज बारौ दिन पूरा भएको छ। यो अनुष्ठान यस्तो समयमा सुरु भएको छ, जति बेला नेपालमा कोरोना महामारीको चपेटामा परेर निरोगी र हट्टा-कट्टा व्यक्तिहरुले समेत ज्यान गुमाइरहेका छन् । यसै गरी नेपालमा आम नागरिकहरुले तत्काल भ्याक्सिन प्राप्त गर्न सक्ने अवस्था पनि छैन। 

दुर्गम गाउँ-गाउँ सम्म कोरोना महामारी फैलिसकेको छ, तर कोरोनावाट रक्षा गर्न सक्ने स्वास्थ्य सेवा र सुबिधाको अभाव यथावतै छ । देशका विभिन्न सुबिधा सम्पन्न शहरमा रहेका अस्पतालहरुमा पनि अक्सिजनको अभावले गर्दा धेरै कोरोनाका बिरामीहरुले भर्ना पाउन नसकेको कुरा सार्वजनिक भैरहेको छ । नेपालमा कोरोनासंग जुध्नको लागि आ-आफ्नो ठाउँबाट आफूले गर्न सक्ने प्रयास गरिरहेका भए पनि नेपालबाट वाहिर आई संसार-भरी छरिएर रहेका नेपालीहरु नेपालमा रहेका आफ्ना आफन्तहरुको जीवन रक्षा खातिर धेरै चिन्तित भैरहेको अवस्था छ ।

यहि चिन्ताले ग्रस्त भैरहेको अवस्थामा जगदगुरु रामानान्दाचार्य सेवा पीठ, बराह-क्षेत्र चतराधामका पीठाधिस तथा श्रीराम तारक ब्रह्म  पीठका आचार्यश्री जगदगुरु महायोगी सिद्धबाबाको सत्संकल्पमा हिमालयन सिद्धमहायोगानुष्ठान मार्फत भइरहेको दिव्य कार्यक्रमले हामी नेपाल बाहिरका आम जनमानसमा ठूलो उत्साह पैदा भएको छ। विश्व स्वास्थ्य संगठनको निर्देशन र नेपाल सरकारको कोरोनाबाट सुरक्षित हुन जारी गरिएको नीति र मापदण्डलाई राम्ररी पालना गर्न अनुरोध गर्दै हामी आफ्नो शरीरमा कसरी हिमालयन सिद्धमहायोगानुष्ठान मार्फत प्रतिरोधात्मक क्षमता बढाउन सक्छौ भन्ने बारे जगदगुरु महायोगी सिद्धबाबाले सरल भाषामा बताउनु भएको कुरा अत्यन्त प्रभावकारी लाग्यो।

आजको सन्दर्भमा सिद्धमहायोगानुष्ठानको महत्व, यसमा प्रयोग गरिने आवश्यक सामग्री, अनुष्ठान अभ्यासको प्रमाणिक पक्ष र वैज्ञानिक तथ्यसंग तिनको सम्बन्ध पनि एकदम मननीय थियो । अनुष्ठानमा सिकाइए अनुसारको दिनचर्या, भोजनचर्य, योगचर्य र सकारात्मक चिन्तनको अवलम्बन गर्न सकियो भने यो बिधि शरीरमा प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न एकदम प्रभावकारी हुने रहेछ भन्ने कुरा विगत बारौ दिनमा हामीले गरेको अनुष्ठानको अभ्यास (बिहान बिच्छ्यौनाबाट उठ्दा  अपनाउने बिधि देखि,  उदर सोधन, सौंच, तेल मर्दन, उबटन, दन्त धावन, स्टिम/बाफ, स्नान, जलनेती, नासा तर्पण, कर्ण तर्पण, नेत्र तर्पण, महायोगासन र त्रिभस्त्रिका प्राणायाम, नाड़ीशोधन आदि) बाट प्राप्त अनुभवका आधारमा हामीलाई धेरै प्रष्ट भैसकेको छ। यद्धपि अनुष्ठानको प्रशिक्षण पूर्ण हुन बाँकी नै छ, यो छोटो अनुभवका आधारमा पनि हामीलाई लाग्यो कि यो अत्यन्त व्यवहारिक , गर्न सकिने, अति  कम खर्चिलो र साइड इफेक्ट नहुने उपयोगी बिधि रहेछ।  

यो अनुभवले देखाउँछ  कि यदि यो विधि सिकाइए झैँ अभ्यास गर्न सकियो भने अभ्यासीको शरीरमा कोरोना जस्ता भाइरस बिरुद्ध लड्न चाहिने प्रतिरोधात्मक क्षमता अवश्य पनि वृद्धि भई जीवन रक्षामा सहयोगी हुने रहेछ।
 
तर यहाँ स्मरण योग्य कुरा के छ भने जगदगुरु महायोगी सिद्धबाबाले स्पष्ट पारे अनुसार यो हिमालयन सिद्धमहायोगानुष्ठान कोरोना महामारी बिरुद्धको उपचार (खोपको सट्टा उपयोग गरिने बिधि) होइन, यो महामारीबाट बच्न पुरक (सप्लिमेन्ट) बिधि मात्र हो।  कोरोनाको त्रासदीमा बाँचिरहेका हामी सबैका लागि यो निशुल्क प्रदान गरिएको दिव्य ज्ञान अत्यन्त उपयोगी रहेछ। पूर्वीय दर्शन अनुसारको वैदिक पद्धतिमा आधारित यो विद्या एक समाधिसिद्ध सन्त जो आयुर्वेदका ज्ञाता मात्र होइन, हिमालयन सिद्धमहायोगानुष्ठानका लागि शक्तिपात गर्न सक्ने दुर्लभ सिद्ध महायोगीबाट लोक-कल्याणका लागि आएको छ। 
 
यो विकट समयमा यसरी नि:शुल्क ज्ञान दिने नेपाल आमाका वरद्पुत्रलाई हार्दिक कृतज्ञता अर्पण गर्दै कोटी कोटी नमन सहित आभार ब्यक्त  गर्न चाहन्छौ ।

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, क्यानडा 
महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, अमेरिका 
अल्बर्टा इन्स्टिचुट अफ महायोग, क्यानडा 
महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, यूके
महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, अस्ट्रेलिया